बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पाँच वर्ष अघि भयो भेट, त्यसपछि इन्गेजमेन्टः विवाहको तयारी बीच सेलिब्रिटी जोडीले तोडे सम्बन्ध

शुक्रबार, ०३ वैशाख २०७८, १३ : १७
शुक्रबार, ०३ वैशाख २०७८

हलिउड गायिका तथा अभिनेत्री जेनिफर लोपेज र उनका प्रेमी एलेक्स रोड्रिगेजबीचको सम्बन्ध आधिकारिक रुपमा समाप्त भएको छ  । १५ अप्रिलमा जेनिफर र एलेक्सले बयान जारी गर्दै आफ्नो सम्बन्ध टुटेको पुष्टि गरेका छन् । ई न्यूजसँगको कुराकानीमा उनीहरुले आफू एक–अर्काको साथी रहिरहने बताएका छन् ।

जेनिफर लोपेज र एलेक्स रडले संयुक्त रुपमा भने, ‘हामीले राम्रोसँग बुझिसकेका छौं कि हामी साथीको रुपमा नै राम्रा छौं र पछि पनि हामी साथी नै हुनेछौं । हामी सँगै काम गर्न जारी राख्नेछौं र हामीबीच शेयर बिजनेस र प्रोजेक्ट्सको विषयमा एक अर्कालाई समर्थन गर्नेछौं ।’

जेनिफरका १३ वर्षका जुम्ल्याहा बच्चा म्याक्सिमिलियन म्याक्स डेभिड र एमे मारिबेल छन् । यी उनका पूर्व श्रीमान् मार्क एन्थनीमार्फत् जन्मिएका सन्तान हुन् । यस्तै एलेक्सका दुई छोरी नताशा र एला रोड्रिगेज छन् जो उनकी पूर्व श्रीमती सिन्थिया स्किुर्टिसमार्फत् भएको हो । यस्तोमा जेनिफर र एलेक्सले एक–अर्काका सन्तानका लागि पनि मेसेज छोडेका छन् ।

यी दुईले आफ्नो बयानमा थपे, ‘हामी एक–अर्कालाई र एक–अर्काका बच्चाका लागि आशीर्वाद दिन्छौं । उनीहरुलाई इज्जत दिँदै हामी यतिमात्रै भन्न चाहन्छौं कि जसले हामीलाई समर्थन गर्नुभएको छ र हाम्रा लागि दयालु भावयुक्त मेसेज पठाउनुभयो, उहाँहरुलाई धन्यवाद ।’

एलेक्स र जेनिफरबारे एक महिनाअघि नै दुईको ब्रेकअप भएको खबर आएको थियो । यसबारे कुरा गर्दै उनीहरुले भने, ‘त्यो खबर गलत थियो । हामी आफ्नो सम्बन्धमा काम गरिरहेका थियौं ।’ स्मरण रहोस्, जेनिफर र एलेक्स पछिल्लो केही समयदेखि आफूहरुबीचको मतभेद सुल्झाउने कोसिस गरिरहेका थिए । कुरा मिल्न नसकेपछि उनीहरुले अलग्गिने निर्णय गरे ।

स्मरण रहोस्, जेनिफर लोपेज र एलेक्स रडले सन् २०१७ मा भएको मेट गालामा कपलको रुपमा डेब्यू गरेका थिए । यी दुईले दुई वर्ष डेटिङ गरेपछि सन् २०१९ मा इन्गेजमेन्ट गरेका थिए । इन्गेजमेन्टपछि हालसम्म उनीहरुको कुनै कारणवश तीनपटक विवाह स्थगित भइसकेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप