बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भन्सार एजेन्टकै मिलेमतोमा बोतलभित्र लुकाएर पोते आयात, एक करोड माग दाबीसहित मुद्दा

शुक्रबार, ०३ वैशाख २०७८, १५ : ३३
शुक्रबार, ०३ वैशाख २०७८

भन्सार एजेन्टकै मिलेमतोमा जय पशुपति इम्पेक्सका प्रोपाइटरले खाली सिसाको बोतलमा भन्सार छलेर पोते ल्याएको भन्दै १ करोड मागदाबी सहित उच्च अदालत पाटनमा मुद्दा दायर भएको छ । धनुषा देवपुरा रुपैठा स्थायी ठेगाना भई हाल बाङ्गेमूढा, काठमाडौं बस्ने जय पशुपति ईम्पेक्स फर्मका प्रोप्राईटर रेखा देवी दास सहित ५ जनाले राजस्व चुहावट गरेको अभियोगमा र एक करोड १३ लाख ५ हजार ५ सय १४  रुपैयाँ बिगो जफत माथ गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर भएको हो ।

भन्सार प्रतिनिधि सुरेन्द्र बहादुर श्रेष्ठको आपसी मिलेमतोमा भारतीय ट्रकमा शिशाको खाली बोतलमा त्रिपालले छोपेर पोते ल्याउदै गरेको र राजस्व तिरेको निस्सा माग गर्दा दिन नसकेको राजस्व अनुसन्धान विभागले जनाएको छ । चोरी पैठारी गरी राजस्व चुहावट गरेको भन्दै विभागले कारबाहीको लागि मुद्दा दायर गरेको हो । फर्मका प्रोप्राईटर रेखा देवी दास, मुख्य कारोबारी विकास लाल दास, गाडी चालकद्वय सुदिप श्रेष्ठ र राजकुमार तथा भन्सार प्रतिनिधि सुरेन्द्र बहादुर श्रेष्ठलाई उल्लिखित कसुर अपराधमा राजस्व चुहावट गरेको आरोप छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप