शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वोच्चको न्यायाधीशमा सुवेदी र चुडालको नाम अनुमोदन

शुक्रबार, ०३ वैशाख २०७८, २१ : १४
शुक्रबार, ०३ वैशाख २०७८

काठमाडौं । संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित नहकुल सुवेदी र कुमार चुडालको नाम अनुमोदन गरेको छ ।   समितिले न्यायपरिषदद्वारा  प्रस्तावित दुवै जनाको नाम अनुमोद गरेको हो । शुक्रबार सुनाई समितिले सुवेदी र चु्डाललाई बोलाई सुनुवाइका लागि छलफल गरेको थियो ।

यसअघि चैत २२ गते बसेको समितिको बैठकले दुवै जनाविरुद्ध परेको उजुरीमाथि छलफल गर्दै आजका लागि सुनुवाइको मिति तोकेको थियो । समितिमा प्रस्तावित न्यायाधीश कुमार चुडालविरुद्ध दुईवटा र नहकुल सुवेदी विरुद्ध पाँचवटा उजुरी परेको थियो ।

 


 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप