शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उपराष्ट्रपति कपका लागि ब्याडमिन्टन खेलाडी छानिए

शुक्रबार, ०३ वैशाख २०७८, १७ : २७
शुक्रबार, ०३ वैशाख २०७८

काठमाडौं । तेश्रो केन्द्रीय उपराष्ट्रपति कप चिल्ड्रेन गेमका लागि भक्तपुरबाट ब्याडमिन्टन खेलाडी छनोट भएका छन् । प्रतियोगिताका लागि जिल्लाबाट ४ छात्रा र ४ छात्र गरी कुल ८ खेलाडीहरु छनौट गरिएको हो ।

लोकन्थलीस्थित मध्यपुर ब्याडमिन्टन एकेडेमीमा भएको छनोट प्रतियोगिताबाट छात्रतर्फ बागेश्वरीका सिभिक ज्याख्वो, लिसाका कसिर नखेभु र श्रेयस रञ्जितकार तथा सामुदायिकका रोजन गोरा छनोट भएका छन् । त्यस्तै, छात्रातर्फ हिमालयन ग्लोरीकी रुशा जटि, लिसाका तजश्वी मानन्धर र सोनाम प्रजापति तथा प्रोक्सिमाकी रिना थापा छनोट भएको प्रशिक्षक सविन ढुङ्गेलले जानकारी गराएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप