विश्वासको मत शाहीले पाएपछि यामलालले भने–राजनीतिक अपराध भयो

कर्णाली प्रदेशका एमाले संसदीय दलका नेता यामलाल कँडेल फ्लोर क्रस गर्ने सांसदहरुप्रति आक्रोशित बनेका छन् । उनले पार्टीका सांसदहरुबाट राजनीतिक अपराध गर्ने काम भएको प्रतिक्रिया दिए । उनले यस्तो क्रियाकलाप जिम्मेवार व्यक्तिहरुबाट हुने आफूले नसोचेको बताए । ‘पार्टीका माननीय साथीहरूबाट गलत हर्कत भयो । यो राजनीतिक अपराध हो । हामी अब बिधानअनुसार चल्नेछौँ’, उनले प्रतिक्रिया दिए ।
फ्लाेर क्रस गर्ने सांसदहरुलाई कारवाही गर्न कर्णाली प्रदेश एमाले संसदीय दलको बैठक बसेको छ । कर्णाली प्रदेशसभा बैठक सकिए लगत्तै एमालेको बैठक बसेको हो ।
एमालेका चार सांसदहरुले‘ फ्लोर क्रस गरेका थिए । फ्लोर क्रस गरेर राजनीतिको गेम चेञ्ज गर्ने एमाले सांसदहरुमा प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढा छन् । सांसद देवि ओलीले भने शाहीकाे पक्षमा मतदान गरे पनि आफ्नो मत सच्याएकी थिइन् । उनलाई पनि कारवाही गर्ने तयारी गरिएकाे छ ।
एमाले सांसदहरुले फ्लोर क्रस गर्दा शाही सरकार जोगिएको छ भने कँडेलको भावी मुख्यमन्त्री बन्ने सपना चकनाचुर बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख तीन पार्टीमै संस्थापनविरुद्ध इतर पक्षको जितको सन्देश के ?
-
लुलाङ–गुर्जा सडकः भालुखोरिया खण्डमा ट्रयाक खुल्यो
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
ज्येष्ठ नागरिकलाई निःशुल्क तीर्थयात्रा
-
सहिद परिवारको घरमा प्रचण्डको बास
-
करोडौँ राजस्व तिरिरहेका ‘फेसबुक’लगायत सामाजिक सञ्जाल किन बन्द गर्न खोज्दै छ सरकार ?