स्नातकोत्तर पढेकी सांसदले भोट हाल्दा गल्ती गरेपछि....
शुक्रबार, ०३ वैशाख २०७८, १८ : २४

काठमाडौं । कर्णाली प्रदेशकी एमाले सांसद देवी ओलीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गरिन् । सभामुख राजबहादुर शाहीले मत सच्याउन चाहने सांसद तीन मिनेट समय दिएका थिए ।
सभामुखले दिएको समयभित्रै सांसद ओलीले आफ्नो मत सच्याइन् । उनले शाहीको पक्षमा दिएको मत फिर्ता नलिएको भए मुख्यमन्त्रीको पक्षमा २३ मत पुग्ने थियो । उनले फिर्ता लिएपछि शाहीको पक्षमा खसेको मत संख्या २२ मा सीमित रह्यो ।
एमाले सांसद प्रकाश ज्वालासहित चार सांसदले ह्वीप उल्लंघन गरेपछि पार्टीले उनीहरुलाई कारबाही गर्ने निश्चित देखिएको छ ।
देवी माधव नेपाल पक्षकी सांसद हुन् । मतदानका क्रममा गल्ती गरेर सच्याउने ओलीले शिक्षाशास्त्रमा स्नातकोत्तर गरेकी छिन् ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
ज्येष्ठ नागरिकलाई निःशुल्क तीर्थयात्रा
-
सहिद परिवारको घरमा प्रचण्डको बास
-
करोडौँ राजस्व तिरिरहेका ‘फेसबुक’लगायत सामाजिक सञ्जाल किन बन्द गर्न खोज्दै छ सरकार ?
-
पिछडिएका समुदायको उत्थानका लागि स्वरोजगार कार्यक्रम
-
डोटीमा सवारी दुर्घटना, एकको मृत्यु, छ जना घाइते