बारामा फरार ३ प्रतिवादी पक्राउ
शुक्रबार, ०३ वैशाख २०७८, १८ : ३१
काठमाडौं । बारा प्रहरी फरार ३ प्रतिवादीलाई पक्राउ गरेको छ । कुटपिट र अंगभंग मुद्दामा कैद तथा जरिवाना तोकिएपछि फरार रहेका ३ प्रतिवादी पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा बारा कलैया ६ का धुमन साह सोनार, कलैया ९ बस्ने असलम देवान र सुवर्ण गाउँपालिका ८ का अजाद खाँ पैठान रहेका छन् । जिल्ला अदालत बाराले सोनारलाई ४ हजार जरिवाना र ४ वर्ष कैद र देवानलाई ५ हजार जरिवाना र ६ महिना कैदको फैसला गरेको थियो । शुक्रबार पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत बारामा दाखिला गरिएको प्रहरीले जानकारी दिएको छ ।