शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

खोर थापेर चितुवा नियन्त्रणमा

शुक्रबार, ०३ वैशाख २०७८, २२ : ३५
शुक्रबार, ०३ वैशाख २०७८

गण्डकी गाउँपालिका–५ सयमुरेमा स्थानीयवासीले परम्परागत काठको खोर थापेर चितुवा नियन्त्रणमा लिएका छन् । लामो समयदेखि दर्बुङसहित आसपासको क्षेत्रमा चितुवाले घरेलु पशुचौपाया मारेर आङ्तक नै मच्चाउन थालेपछि डिभिजन वन कार्यालय गोरखाको समन्वयमा स्थानीयवासीले सयमुरेमा थापेको खोरमा चितुवा परेको हो ।

‘चितुवा कुन उमेरको हो, भाले वा पोथी हुन हो भन्ने बारेमा खुल्न बाँकी रहेको सब डिभिजन वन कार्यालय सिउरेनीटार प्रमुख सहायक बन अधिकृत मनमोहन मिश्रले जानकारी दिए । ‘खोरमा परेको प्राविधिक व्यवस्थापन गरेर त्यसलाई अन्यत्र लैजानुपर्ने हुन्छ, उनले भने, आवश्यक सामग्रीको हामीसँग अभाव छ, भोलिसम्ममा सबै व्यवस्थापन गरी उद्धार गछौँ ।’

जनशक्ति पनि पर्याप्त नभएकाले पनि तत्काल घाउचोट नलाग्ने गरी सुरक्षित उद्दार गर्नका लागि आवश्यक सामग्री जुटाउन समय लागेको उनले बताए । खोरमा परेको चितुवा उद्दार गरी अन्यत्रै लगेर छोड्ने डिभिजन वनकार्यालय प्रमुख असोककुमार श्रेष्ठले जानकारी दिए । ‘खोरमा परेको चितुवालाई उपयुक्त ठाउँमा उसको बासस्थानमा छोड्नुपर्ने हुन्छ, उनले भने, ‘कस्तो अबस्थामा छ, कस्तो छ हेर्नका लागि कर्मचारी पठाएका छौँ अन्यत्र पनि समन्वय भइरहेको छ ।’

पछिल्लो दुई महिनाको अवधिमा चितुवाले गण्डकी गाउँपालिकाको रानागाउँमा मात्रै बाख्रा र गोरु गरी १७ वटा घरपालुवा पशु, सयपुरेमा १० वटा गाइगोरु र राईथोकमा पाँच वटा बङ्गुर तथा पाँच वटा बाख्रा मारेको स्थानीयवासीको भनाइ छ । चितुवाको आतङ्क बढ्न थालेपछि स्थानीयवासीले मिलेर करिब एक महिना अघि काठको खोर बनाएर थापेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप