शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेसद्वारा रामपुर घटनाको निन्दा

शुक्रबार, ०३ वैशाख २०७८, २३ : ३७
शुक्रबार, ०३ वैशाख २०७८

काठमाडौं । नेपाली काँग्रेसले रामपुर कृषि तथा वन विश्वविद्यालय चितवनमा आज नेपाल विद्यार्थी सङ्घका विद्यार्थीमाथि साङ्घातिक हमला भएको भन्दै सो घटनाको निन्दा र भत्सर्ना गरेको छ ।
 
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत शान्तिपूर्ण विचार प्रकट गर्ने र ज्ञानको अनुसन्धान गर्ने चेतनाको केन्द्र शैक्षिक स्थलमा कोहीबाट पनि हुने हिंसात्मक बल प्रयोग कहिल्यै पनि क्षम्य हुन नसक्ने उल्लेख गरेका छन् ।
यस्तो प्रवृत्ति देशका जुनसुकै कुनामा आफ्ना निकटबाट होस् या अन्यबाट काँग्रेस नीतिगत रुपले नै त्यसका विरुद्ध सदैव उभिने उल्लेख गर्दै उनले घटनामा घाइते भएका विद्यार्थी नेता दिपेश बानियाँ र खेमराज उपाध्यायको स्थानीय अस्पतालमा उपचार भइरहेको जानकारी गराएका छन् ।

सोनाम लामा र हिमाल आचार्यलगायतका विद्यार्थी पनि घाइते छन् । दोषीलाई पक्राउ गर्ने कार्य अझैसम्म नभएको उल्लेख गर्दै काँग्रेसले घटनाका दोषीलाई अविलम्ब गिरफ्तार गरी कारवाही गर्न सरकारसँग माग गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप