आइतबारसम्म असिनापानी सम्भावना
शनिबार, ०४ वैशाख २०७८, ०६ : ४४
काठमाडौं । स्थानीय वायुको असरले शुक्रबार दिउँसोदेखि काठमाडौं उपत्यका आसपासमा असिनापानी परेको छ । ‘
प्रि–मनसुन’ समय एक्कासि वर्षा हुने भएकाले शुक्रबार बिहान घाम लागे पनि दिउँसोबाट एक्कासि असिनापानी परेको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो, प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा असिनापानी परेको छ ।
‘शुक्रबार नेपालमा कुनै मौसमी प्रणाली छैन । स्थानीय वायु प्रभावले असिनापानी परेको हो,’ महाशाखाका मौसमविद् वरूण पौडेलले भने, ‘शनिबार र आइतबार यस्तै हुन सक्छ ।’ काठमाडौंको आकासमा टन्नै बादल भएकाले केही ठाउँमा दिउँसै बत्ती बाल्नुपर्ने अवस्था भएको उनले बताए ।
‘ठाउँअनुसार फरकफरक छ । कहीँ धेरै पानी परेको छ, कहीँ कम,’ उनले भने, ‘प्रि–मनसुनमा यस्तै हुन्छ । दुई–तीन घन्टापछि यो खुलेर जान्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै