आजको मौसम पूर्वानुमान : चट्टयाङ, हावाहुरी र असिनाको सम्भावना
शनिबार, ०४ वैशाख २०७८, ०६ : ५०
काठमाडौं । शनिबार देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशका पहाडी भूभागका केही स्थानमा र तराईका थोरै स्थानमा मेघगर्जन, चट्टयाङ, हावाहुरी र असिनासहित क्षणिक वर्षाको सम्भावना छ ।
यस्तै आइतबार पनि प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।
प्रदेश १ का पहाडी भूभागका थोरै स्थानमा र अन्य प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
आइतबार रातिदेखि भने मौसम सामान्यतया सफा रहनेछ । यद्यपि दैनिकजसो विभिन्न भेगमा यसरी नै वर्षात हुने विभागको अनुमान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै