शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

कर्णालीमा मतदान अघि–पछि के–के भयो ? यसरी छुट्टिए कँडेलसँग ज्वाला

शनिबार, ०४ वैशाख २०७८, ०७ : ११
शनिबार, ०४ वैशाख २०७८

काठमाडौं । कर्णाली प्रदेशका एमाले सांसद प्रकाश ज्वालासहितका ‘फ्लोर क्रस’ गर्ने सांसदहरु शुक्रबार विहान करिब ११ बजेसम्म मुख्यमन्त्रीको निवासमै थिए ।

उता एमाले संसदीय दलको कार्यालयमा दलको बैठकले  उनीहरुलाई कुरिरहेको थियो । मुख्यमन्त्री निवासबाट निस्किएर उनीहरु बैठकमा सामेल भए । बैठकमा ज्यालाले संसदीय दलका निर्णय मान्ने संकेत गरेका थिए । 

फ्लोर क्रस गर्ने सांसदद्वय कुर्मराज शाही र अमरबहादुर थापाले भने विश्वासको मतलाई परास्त गर्ने भाषण गरेका थिए । त्यही बैठकले विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्वीप जारी गरेको थियो । 

बैठकबाट निस्केर प्रदेशसभा बैठक कक्षमा पुगेपछि भने उनी दलका नेता यामलाल कँडेलको दायाँतिर बसे । मतदान गरेपछि भने उनी पछाडिको लाइनमा गएर बसेका थिए । फ्लोर क्रस गरेका अन्य सांसद पनि ज्वालासँगै पछाडिको लाइनमा गएर बसे ।

यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप