केन्द्रीय संस्करण
पत्रपत्रिका

अबको एक साता देशव्यापी रुपमा बदली र वर्षा जारी रहने

person explore access_timeबैशाख ४, २०७८ chat_bubble_outline0

प्रीमनसुन जगाउँदै अबको एकसाता देशव्यापी  रूपमा बदलीसँगै हल्कादेखि मध्यम वर्षाको क्रम जारी रहने भएको छ ।

मौसम  पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको साप्ताहिक कृषि बुलेटिनअनुसार  देशका सातै प्रदेशमा आउँदो  साता  बदली  र  वर्षाको सम्भावना रहेको छ । 

वर्षा शुक्रबारदेखि  राजधानी  उपत्यका  लगायत मुलुकका कतिपय भागमा आरम्भ भएको छ ।साताका  अधिकांश दिनमा  हिमाली  तथा पहाडी  भू–भागमा  आंशिकदेखि  सामान्य  बदली  रहने  भएको  हो । तराईका  भूभागमा  साताको  सुरु  र  अन्त्यमा  आंशिकदेखि  सामान्य  बदलीको  अवस्था रहनेछ । 

सो अवधिका केही स्थानमा हावाहुरी र चट्याङसहितको वर्षा हुनेछ । त्यस्तै साताको मध्यमा आंशिक बदली रही सामान्य मौसम रहने जनाइएको छ । कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका  पहाडी  भूभागमा  साताको  सुरु र अन्त्यताका थोरै स्थानमा मेघ गर्जन  चट्याङसहितको  हल्कादेखि  मध्यम वर्षा हुनेछ । त्यसैगरी  प्रदेश  १,  बागमती  प्रदेश  र  लुम्बिनी  प्रदेशका  पहाडी  भूभागमा साताको सुरु र अन्त्यको समयमा  थोरै  स्थानमा  मेघ  गर्जन  र  चट्याङसहितको  हल्का  वर्षाको  सम्भावना रहेको छ । 

यस साताभर हिमाल, पहाड र तराईका सबैजसो स्थानमा अधिकतम  तथा  न्यूनतम  तापक्रम हल्का वृद्धि हुनेछ । मौसमविद्  राजु  प्रधानाङ्गका अनुसार यतिबेला नेपालमा पश्चिमी वायु  र स्थानीय वायु  दुवै  सक्रिय  छन्  । प्रीमनसुनको  झन्डै  दुई  महिनासम्म  वर्षा  हुन  नसके  पनि  अबको केही दिन हुने हल्कादेखिको मध्यम वर्षाले राहत पु¥याउने उनले जानकारी दिए । 

यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.