शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आइपीएलमा चेन्नाईको पहिलो जीत, पन्जाब ६ विकेटले पराजित

शनिबार, ०४ वैशाख २०७८, ०८ : ०२
शनिबार, ०४ वैशाख २०७८

काठमाडौं । चेन्नई सुपर किंग्सले १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल)मा पहिलो जित निकालेको छ । मुम्बईस्थित वानखेडे स्टेडियममा सम्पन्न खेलमा आफ्नो दोस्रो खेलमा चेन्नईले पन्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको हो । 

पन्जाबले दिएको १०७ रनको विजयी लक्ष्य  चेन्नाईले १५.४ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको थियो । चेन्नईका लागि फाफ डु प्लेसिस ३६ र मोईन अली ४६ रनको योगदान दिए । यस्तै रितुराज गायकड ५ र सुरेश रैना ८ रनमा आउट भए भने साम करन ५ रनमा अविजित रहे । 

पन्जाबका मोहम्मद शामीले २ विकेट लिए । अर्शदीप सिंह र मुरुगन आश्विनले १–१ विकेट लिए । टस हारेर पहिला ब्याटिङ थालेको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६ रन बनाएको थियो । पन्जाबका शाहरुख खानले सर्वाधिक ४७ रनको बनाएका थिए । यस्तै झेय रिचर्डसनले १५ रन बनाए ।

दिपक हुडा र क्रिस गेलले १०–१० रन बनाए  भने  केएल राहुल ५ रन बनाएर रन बनाएर आउट भए । यस्तै मुरुगन आश्विन ६ र मोहम्मद शामीले ९ रन मात्र जोडे ।


चेन्नईका दीपक चाहरले ४ विकेट लिए भने ड्वेन ब्राभो, साम करन र मोईन अलीले १–१ विकेट लिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप