शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लोकप्रिय तमिल अभिनेताको अचानक निधन

शनिबार, ०४ वैशाख २०७८, १० : ३६
शनिबार, ०४ वैशाख २०७८

तमिल फिल्मका लोकप्रिय अभिनेता विवेकको चेन्नईको एक अस्पतालमा शनिबार निधन भएको छ । अस्पतालको तर्फबाट जारी मेडिकल बुलेटिनमा शुक्रबार बेलुकी साढे चारमा अभिनेताको निधन भयो । अन्तिम संस्कारका लागि उनको पार्थिव शरीर उनको निवास स्थानमा पुगिसकेको छ ।

जानकारीका अनुसार शुक्रबार बिहान करिब ११ बजे उनको छातीमा पीडा भएपछि बेहोसीको स्थितिमा अस्पतालको इमर्जेन्सी रुममा ल्याइएको थियो । बिग्रँदो स्थिति देखेर उनकी श्रीमती र छोरीले उनलाई अस्पताल पुर्‍याएका थिए । अस्पतालका उपाध्यक्ष डाक्टर राजू शिवसामीले यो अचानक आएको तीब्र कोरोनरी सिन्ड्रोमका साथै कार्डियोजेनिक शकका कारण भएको हो । यसको कोरोना भ्याक्सिनसँग कुनै लेनादेना छैन । साथै रिपोर्टमार्फत् उनलाई कोरोनाको संक्रमणसमेत नभएको पुष्टि भएको छ । विवेकलाई पहिलो पटक यसरी अस्पताल ल्याइएको थियो । उनको रक्तचाप थोरै हाई थियो ।

अभिनेताको निधनले प्रशंसकबीच शोकको लहर छ । मानिसहरु शोक समवेदना व्यक्त गर्दै ट्वीट गरिरहेका छन् । एएमएमके पार्टीका जनरल सेक्रेटरी टिटिवी दिनाकरणले पनि ट्वीट गरेर शोक व्यक्त गरेका छन् ।

दक्षिण तमिलनाडुको कोविलपट्टीमा जन्मिएका विवेकले वरिष्ठ निर्देशक बालाचन्दरसँग मिलेर सह निर्देशक र स्क्रिप्ट राइटरको रुपमा सन् १९८० मा करियरको सुरुवात गरेका थिए । विवेकको प्रतिभा देखेर खुसी भएर बालाचन्दरले उनलाई एक तमिल फिल्म ‘मनादिल उरुदी वेन्डुम’ मा सन् १९८७ मा सानो भूमिका प्रदान गरेका थिए ।

विवेकलाई उनको परफेक्ट कमिक टाइमिङबाहेक तेज दिमागका लागि पनि चिनिन्थ्यो । उनी निकै सहज रुपमा कसैको पनि मिमिक्री गर्न सक्दथे । उनले सुपरस्टार रजनीकान्तसँग थुप्रै पटक काम गरे । उनले फिल्म रन, पेराडागन, दूल, अग्नियन र सिवाजीजस्ता फिल्ममा काम गरे, जसले उनलाई निकै लोकप्रियता दिलायो र उनी लगातार तीन दशकसम्म दर्शकको मनमा बस्न सफल भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप