शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सिंहदरबारमा सीसीएमसी बैठक बस्दै, होला विद्यालय बन्दबारे निर्णय ?

शनिबार, ०४ वैशाख २०७८, ११ : ३६
शनिबार, ०४ वैशाख २०७८

उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठक शनिबार बस्दैछ । दिउँसो २ बजेपछि सिंहदरबारमा बस्ने बैठकमा बढ्दो कोरोनाभाइरस संक्रमण र त्यसको रोकथाम तथा अपनाउनुपर्ने रणनीतिबारे छलफल हुने बताइएको छ । 

यस्तै विद्यालय बन्द गर्ने वा नगर्ने भन्नेबारे पनि बैठकमा छलफल हुने बताइएको छ । पछिल्लो समय संक्रमण बढ्दै गएपछि सरकारले विद्यालय बन्दबारे निर्णय गरेको छैन भने १४ जिल्लाका विद्यालयमा नजान आग्रह मात्रै गरेपछि आम अभिभावक र विद्यार्थीमा अन्योलता उत्पन्न भएको अवस्था छ । 

सिसिएमसीका सचिव खगराज बरालले बैठक स्वास्थ्य मन्त्रालयको विद्यालय बन्द गर्ने विषयको छलफलमा केन्द्रित रहने जानकारी दिए । स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीले कम्तीमा ३० दिन विद्यालय बन्द गरिनुपर्ने बताउँदै आएपछि सरकारी निकायबीच नै यसबारे एकमत रहेको छैन । 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप