शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राजकुमार फिलिपको अन्तिम संस्कार आज, ३० जना समावेश हुने

शनिबार, ०४ वैशाख २०७८, ११ : ५४
शनिबार, ०४ वैशाख २०७८

राजकुमार फिलिपको अन्तिम संस्कार आज शनिबार बेलायतको विन्डसर क्यासलको सेन्ट जर्ज चेपलमा बेलायती समयानुसार दिउँसो तीन बजे हुनेछ ।

शवयात्राका बेला ड्युक अफ एडिनबरा प्रिन्स फिलिपका सन्तान उनको शव राखिएको गाडीको पछाडि हिँड्नेछन् ।

कोरोना भाइरस प्रतिबन्धका कारण अन्तिम संस्कारमा तीसजना मात्रै समावेश हुन पाउनेछन् ।

बकिङ्घम प्यालेसले एक बयानमा महारानी एलिजाबेथलाई शोकाकूलको अन्तिम सूची तयार गर्न मुश्किल निर्णय लिनुपरेको छ ।

सुरुमा ८ सय मानिसहरुलाई समावेश हुन तयार गरिएको थियो तर अब तीस जना मात्रै अन्तिम संस्कारमा समावेश हुनेछन् ।

महारानी प्रिन्स फिलिपको परिवारका सबै मानिसहरुको अन्तिम संस्कार समारोहमा प्रतिनिधित्व होस् भन्ने चाहन्थिन् ।

चर्च अफ इंगल्याण्डका प्रमुख आर्चविशप अफ केन्टरबरीले प्रिन्स फिलिपको अन्तिम संस्कार महारानीका लागि उनलाई अन्तिम विदाई दिने गम्भीर अवसर भएको बताएका छन् ।

जस्टिन वेल्बीले भने, ‘उनी असाधारण मर्यादा, असाधारण सम्मानका साथ व्यवहार गर्नेछिन् जस्तै कि उनले सधैं गर्दै आएकी छिन् ।’

बीबीसीसँग कुराकानी गर्दै आर्चबिशप जस्टिन वेल्बीले भने, ‘महामारीका बेला धेरै मानिसहरुले आफ्नालाई गुमाएका छन्, यो अन्तिम संस्कार समारोहले धेरै मानिसहरुलाई भावनात्मक रुपमा जोड्नेछ ।’

उनले भने, ‘मलाई लाग्छ कि धेरैजसो मानिसहरुको आँखामा आँसु हुनेछ । त्यो अनुहार उनीहरुको अगाडि हुनेछ जसलाई उनीहरुले अब उप्रान्त देख्न पाउने छैनन् । त्यो अन्तिम संस्कार उनीहरुलाई याद हुनेछ जसमा उनीहरु समावेश हुन सकेनन् । यो संस्कारमा पनि धेरैजसो मानिस आउन सक्ने छैनन् किनभने संख्या तीसमा मात्रै सिमित छ । यसकारण पनि धेरै मानिसहरुको मन टुट्नेछ ।’

उनी थप्छन्, ‘महारानी एलिजाबेथ यस्ता व्यक्तिलाई विदाई गरिरहेकी छिन् जो पछिल्लो ७३ वर्षदेखि उनका श्रीमान् थिए । मलाई लाग्छ, यो कुनै पनि जीवनको असाध्यै–असाध्यै नै गम्भीर पल हुनेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप