ad
केन्द्रीय संस्करण
राजनीति

सर्वदलीय बैठकमा काँग्रेसबाट देउवासहितका शीर्ष नेता सहभागी, जसपालाई आधिकारिक निम्ता आएन

person explore access_timeबैशाख ४, २०७८ chat_bubble_outline0

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेता सहभागी भएका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको सो बैठकमा देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण सहभागी छन् ।
यसैबीच जसपाले पार्टीलाई बैठकबारे आधिकारिक निम्ता नआएको बताएको छ । सर्वदलीय बैठकमा अनुपस्थित रहेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीलाई आधिकारिक रुपमा निम्ता नआएको बताए । 

उनले भने, ‘सर्वदलीय बैठकबारे कुनै व्यक्तिलाई व्यक्तिगत रुपमा  जानकारी आएको होला । तर पार्टीलाई कुनै आधिकारिक जानकारी आएको छैन ।’ 

सर्वदलीय बैठकको बारेमा पार्टीमा जानकारी आउनुपर्ने भएपनि त्यसो नभएकाले आफू बैठकमा जाने कुरा नभएको बताए । यस्तै सो पार्टीबाट डा बाबुराम भट्टराई पनि बैठकमा सहभागी भएका छैनन्। 
तर, सर्वदलीय बैठकमा पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुर र कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण भने सहभागी भएका छन् । 

यस्तै बैठकमा माओवादीको पनि सहभागिता रहेको छैन । 

 


 

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.