शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

महिलालाई गर्भधारण नगर्न ब्राजिल सरकारको अपिल

शनिबार, ०४ वैशाख २०७८, १२ : २९
शनिबार, ०४ वैशाख २०७८

ब्राजिलले ‘गर्भाधान प्रक्रिया’ मा ढिलाई गर्नका लागि महिलाहरुसमक्ष अपिल गरेको छ । देशमा कोरोना भाइरसको नयाँ स्वरुपले आतंक मच्चाइरहेको र खोपको जोखिम कायमै रहेकाले बच्चा जन्माउनका लागि यो सही समय स्वास्थ मन्त्रालयले जनाएको छ ।

‘यदी संभव छ भने सही अवस्था नआउदाँसम्म गर्भधरणमा केही ढिलाई गर्नुस्,’ स्वास्थ मन्त्रालयका अधिकारी राफेल प्यारेन्टेले शुक्रबार पत्रकार सम्मेलनमा भने । ब्राजिलमा फैलिएको पी वान स्वरुपको कोरोना भाइरसले गर्भवती महिलामा धेरै असर गर्ने चेतावनी पनि उनले दिए ।  

ब्राजिलमा अहिलेसम्म १ करोड ३७ लाखभन्दा धेरैमा कोरोना संक्रमण भइसकेको छ । त्यस्तै ३ लाख ६५ हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् । अमेरिकापछि कोरोनाका कारण सर्वाधिक धेरै मृत्यु हुने देशको सुचीमा ब्राजिल दोस्रोमा छ । ब्राजिलमा कोरोनाका कारण बाल मृत्युदर पनि बढेको छ । 

यहाँ गत वर्षको फेब्रुअरीयता एक वर्षभन्दा मुनीका ५ सय १८ देखि १ हजार ३ जना शिशुहरुको मृत्यु भएको तथ्याङ्क बीबीसीले सार्वजनिक गरेको थियो । 

ब्राजिलमा संक्रमणदर र मृत्युदर उच्च रहेका कारण शिशुहरुको मृत्यु पनि धेरै भएको विज्ञहरु बताउँछन् । पी वान स्वरुपको भाइरस संक्रमण तिव्र फैलनुको प्रमुख कारण रहेको अनुमान लगाइएको छ । पहिलोपटक ब्राजिलको मानासस्थित अमेजन शहरमा पहिचान भएको पि वान स्वरुप निकै तिव्र फैलने र यसले युवाहरुलाई अत्यधिक असर गर्ने गरेको वैज्ञानिकहरु छन् । 

यो स्वरुपले खोप र एन्डिबडिजहरुको पनि प्रतिरोध गर्नसक्ने वैज्ञानिकहरुले बताउँदै आएका छन् । भाइरससँगै खोपले पनि गर्भवती महिलाहरुमा समस्या सिर्जना गर्नसक्ने वैज्ञानिकहरुको तर्क  छ । खोप र प्रतिरोधका लागि बेलायतको संयुक्त कमिटी (जेसीभीआई) ले शुक्रबार गर्भवतीहरुलाई संभव भएसम्म फाइजर र मोर्डनाको खोप रोज्न सल्लाह दिएको छ । 

‘गर्भवती महिलाका लागि अन्य खोप असुरक्षित छन् भने कुनै प्रमाण छैन । यद्यपी, ती खोपहरुमा धेरै अनुसन्धान भने आवश्यक छ,’ जेसीभीआईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप