बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कार्तिकको हातबाट ‘दोस्ताना टु’ मात्रै होइन, करणले खोसे अर्को एउटा फिल्म

शनिबार, ०४ वैशाख २०७८, १४ : १२
शनिबार, ०४ वैशाख २०७८

कार्तिन आर्यनलाई बलिउडको सबैभन्दा ठूलो निर्माण कम्पनी धर्मा प्रोडक्सनको ठूलो फिल्म दोस्तानाबाट निकालिएको खबर सार्वजनिक भएको  छ ।

कार्तिक आर्यनको हातबाट फिल्म ‘दोस्ताना टु’ गुमेको खबर सुनेर उनका धेरै प्रशंसकलाई खिन्न लागेको छ ।

करण र कार्तिकबीचको झगडाका कारण उनलाई फिल्मबाट निकालिएको बताइएको छ । कार्तिकले कोरोनाबाट सुरक्षा भन्दै दोस्ताना टुको सुटिङ रोकिदिएको तर धमाकाको सुटिङ सुरु गरेको बताइएको छ ।

हातबाट गयो अर्को एउटा फिल्मः

करण जोहर र उनीबीचको झगडा यति बढेको छ कि अब धर्मा प्रोडक्सनको समूहले कार्तिकसँग अब उप्रान्त फिल्म नगर्ने निर्णय लिएको छ । पिंकविलाको खबर अनुसार कार्तिकलाई अर्को एउटा फिल्मबाट निकालिएको छ । उक्त फिल्ममा उनी नै अनुबन्ध हुने लगभग निश्चित नै भइसकेको बताइन्छ । यो फिल्मका निर्देशक शरण शर्मा हुन् जसले जान्ह्वी कपुरसँग गुञ्जन सक्सेना बनाएका थिए ।

लामै सुट भइसकेको थियो दोस्तान टु ?

करण जोहरले निर्देशक कुलिन डी कुन्हाको फिल्म दोस्तान टु बनाउने घोषणा सन् २०१९ मा गरेका थिए । यो फिल्ममा कार्तिक आर्यनबाहेक जान्ह्वी कपुर र नषँ अनुहार लक्ष्यलाई लिइएको थियो । फिल्मको सुटिङ सन् २०१९ को अन्त्यमा सुरु भएको थियो । यसमा भारतमा गर्ने भनिएको सुटिङको एउटा ठूलो हिस्सा पूरा भइसकेको थियो । मार्चमा कोरोनाको दोस्रो लहर सुरु भएपछि सुटिङ बीचमा नै रोकिएको थियो ।

लण्डनको तालिका बाँकी थियोः

अघिल्लो वर्षदेखि फिल्मको बाँकी रहेको सुटिङ लण्डनमा गर्नका लागि तयारी चलिरहेको थियो तर कोरोनाका कारण थुप्रै पटक सुटिङ अघि बढाउन सकिएन । जब सुटिङको योजना तयार भयो तब कार्तिकले अर्को फिल्म साइन गरे र करण जोहरले उनलाई बाँकी भएको सुटिङ पूरा गर्न कुरा गर्दा उनले आफूसँग समय नभएको भन्दै बाध्यता पोखे ।

२० करोडको क्षतीः

करण जोहरले भारतमा भएको सुटिङमा २० करोड भारु खर्च गरेका थिए । तर उनी कार्तिकसँग यति विघ्न रिसाए कि उनले यति पैसाको पर्वाह नगरीकन फिल्मबाट कार्तिकलाई निकाल्ने घोषणा गरिदिए । यसमा अब विकी कौशल वा राजकुमार रावलाई लिने पनि चर्चा भइरहेको छ ।

जान्ह्वीलाई पनि भयो हानीः

जान्ह्वी कपुरले दोस्तान टुका लागि शशांक खेतानको फिल्म मिस्टर लेलेमा काम गर्नबाट अस्वीकार गरेकी थिइन् किनभने उनले मार्चमा दोस्ताना टुको बाँकी भएको काम गर्नुथियो, कार्तिक आर्यनसँग । तर न त दोस्ताना टु सुट भइरहेको छ न नै उनी मिस्टर लेलेको सुटिङ गर्न सकिनन् । दोस्ताना २ मा काम गर्नेबेला कार्तिक र जान्ह्वी कपुर नजिकिएको बताइन्छ । उनी नयाँ वर्षमा गोवामा पनि गएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप