शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

धुनषामा टिप्पर र बस ठोक्कियाे, एकको अवस्था गम्भिर, १६ घाइते

शनिबार, ०४ वैशाख २०७८, १९ : ३८
शनिबार, ०४ वैशाख २०७८

धनुषामा टिप्पर र बस एक आपसमा ठोक्किँदा दुर्घटनामा परी १७ जना घाइते भएका छन् । घाइतेमध्ये १ को अवस्था गम्भीर रहेको धनुषा प्रहरीले जनाएको छ । शनिबार धनुषाको मिथिला नगरपालिका वडा नम्बर ९ स्थित पूर्व–पश्चिम लोकमार्गमा टिप्पर र बस एक आपसमा ठोक्किँदा बसमा सवार रहेका ३० मध्ये १७ जना घाइते भएका हुन् ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ क ०६९० नम्बरको टिपर र विपरित दिशातर्फबाट आउँदै गरेको को.१ ख. ६६९१ नम्बरको बस एक आपसमा ठोक्किँदा उनीहरु घाइते भएको धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

 


घाइते मध्ये बसका चालक काठमाडौँ महानगरपालिका बस्ने अन्दाजी ४२ वर्षीय केशव संग्रौलाको दुबै खुट्टा र हातमा चोट लागेको र उनको अवस्था गम्भिर रहेको प्रहरी नायब उपरीक्षक मिश्रले बताए ।

दुर्घटनामा परी पर्साको रानीघाट–८ बस्ने ४० वर्षीय नन्दु बैठा, मोरङको विराटनगर महानगरपालिका–४ बस्ने ४५ वर्षीय बद्री भुजेल, सप्तरीको हरिपुर चितामन–७ बस्ने ३० वर्षीया आशा देवी चौधरी, सप्तरीकै कञ्चनपुर–७ बस्ने ४० वर्षीय महिनारायण पण्डित, सर्लाहीको बागमती नगरपालिका–८ बस्ने १३ वर्षीया पर्वता ठकुरी, सर्लाहीको हरिपुर नगरपालिका–१ बस्ने ४८ वर्षीया यम कुमारी खडका, सर्लाहीको हरिवन नगरपालिका–२ बस्ने रञ्जु महराको ५ वर्षीय छोरा सुजित महरा, ७ वर्षीय छोरा अभिषेक महरा, सर्लाहीको बागमती नगरपालिका–४ बस्ने ४० वर्षीया राम प्यारी देवी महतो, सर्लाहीको ईश्वरपुर नगरपालिका–५ बस्ने सती देवी महतोकी ९ वर्षीया छोरी सोनु कुमारी महतो, पर्साको वीरगंज महानगरपालिका–१४ बस्ने ३७ वर्षीया अस्मिता पटेल, सोही ठाउँ बस्ने १४ वर्षीया सम्झना पटेल, १० वर्षीय आयुष पटेल, ९ वर्षीय अंश पटेल र १४ वर्षीय रितेश पटेल तथा सिरहाको गोलबजार नगरपालिका बस्ने १२ वर्षीया रुपा शाही ठकुरी घाइते भएको धनुषा प्रहरीले जनाएको छ ।

घाइतेहरुको मोडेल अस्पताल लालगढमा उपचार भइरहेको छ भने टिप्पर​ चालक फरार रहेकोले उनको खोजतलास जारी रहेको प्रहरी नायब उपरीक्षक मिश्रले जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप