बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

राजकुमार फिलिपको अन्तिम संस्कार शुरु, तस्बिरमा हेर्नुहाेस्

शनिबार, ०४ वैशाख २०७८, १९ : ५२
शनिबार, ०४ वैशाख २०७८

राजकुमार फिलिपको अन्तिम संस्कार शनिबार बेलायतको विन्डसर क्यासलस्थित सेन्ट जर्ज च्यापलमा हुँदैछ । अन्तिम संस्कारका लागि शवयात्रा शुरु भइसकेको छ । शवयात्राका दौरान ड्यूक अफ एडिनबरा प्रिन्स फिलिपका छोराछोरी शववाहनको पछि–पछि हिँडेका थिए । कोरोना भाइरसको प्रतिबन्धका कारण अन्तिम संस्कारमा सिमित संख्यामा मात्र परिवारका सदस्यहरु उपस्थित रहेका थिए ।

बकिंघम प्यालेसले एक वक्तव्यमा महारानी एलिजावेथलाई शोकाकुलको अन्तिम सूची तयार गर्न निकै कठिन फैसला लिनु परेको जनाएको थियो ।

शुरुवातमा ८ सय जनालाई अन्तिम संस्कार कार्यक्रममा सहभागी गरिने बताए पनि अन्तिममा ३० जनालाई मात्र सामेल गराइयो । महारानी राजकुमार फिलिपको परिवारका सबै सदस्यलाई यसमा सहभागी गराउन चाहन्थिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप