मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौँडा अस्पतालमा डायलायसिस सेवा शुरु हुने

शनिबार, ०४ वैशाख २०७८, २१ : ५६
शनिबार, ०४ वैशाख २०७८

हेटौँडा अस्पतालमा वैशाखको दोस्रो हप्तादेखि मिर्गौलाको डायलायसिस सेवा शुरु हुने भएको छ । सो सेवा सञ्चालन गर्नका लागि ३ वटा डायलायसिस मेसिन जडान गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ । मिर्गौला रोगबाट पीडित बिरामीलाई उपचारमा सहजता ल्याउनका लागि हेटौँडा उपमहानगरपालिकाले दुई र शिवम् सिमेन्ट उद्योग प्रालिले एक गरी तीन वटा डायलायसिस मेसिन खरिद गरी अस्पताललाई उपलब्ध गराइसकिएको हेटौँडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले राससलाई जानकारी गराए । उनले जिल्लाका विभिन्न गाउँपालिकाबाट डेढ सयभन्दा बढी मिर्गौला रोगबाट पीडितले डायलायसिस सेवा लिन सम्पर्कमा आइसकेको बताए ।

उनका अनुसार रोटरी क्लब अफ हेटौँडाले अबको केही हप्ताभित्रै थप दुई वटा डायलायसिस मेसिन उपलब्ध गराउने भएको छ । मुटु रोगको शल्यक्रिया तथा नवजात शिशुको आपतकालीन उपचारका लागि विशिष्ट कक्षको निर्माण र सम्बन्धित विशेषज्ञ चिकित्सक उपलब्ध गराउन अस्पतालले सङ्घीय सरकार र प्रदेश सरकारसँग माग गरेको बताइएको छ । यसैगरी आगामी आर्थिक वर्षको पुस मसान्तसम्ममा मुटु रोगसँग सम्बन्धित उपचार सेवा सञ्चालनमा ल्याउने तयारी भइरहेको पनि हेटौँडा अस्पतालका प्रमुख चिकित्सक डा. प्रविण श्रेष्ठले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप