शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मदनको पुस्तक ‘थट्र्स अफ म्युजिङस्’ सार्वजनिक

आइतबार, ०५ वैशाख २०७८, १० : ०४
आइतबार, ०५ वैशाख २०७८

काठमाडौं । कलाकार तथा लेखक मदन चित्रकारले ‘थट्र्स अफ म्युजिङस्’ नामक पुस्तक ल्याएका छन् । सिर्जना कलेज अफ फाइन आर्टस् लाजिम्पाटमा आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पुस्तकको विमोचन गरे ।

कार्यक्रममा विमोचन पछि बोल्दै शाक्यले कला र संस्कृतिले समाजलाई जीवन्त बनाउने बताए । उनले पूर्खाले दिएको संस्कृतिलाई जर्गेना गर्दै हामीले पनि अहिलेको परिवेशलाई कला र संस्कृतिमा उतार्नुपर्ने चुनौती रहेको जिकिर गरे ।

पुस्तकमाथि टिप्पणी गर्दै सिद्धार्थ आर्ट ग्यालरीका सञ्चालक संगीता थापाले पुस्तकले नेपाली कलाका विविध आयामलाई खोतल्ने काम गरेको बताइन् । 

त्यस्तै, पुनम आरएल राणाले पुस्तकमाथि टिप्पणी गर्दै नेपाली कला र कलाकारका बारेमा जानकारी लिनका लागि पुस्तक निकै उपयोगी रहेको धारणा व्यक्त गरिन् । उनले भनिन्, ‘पुस्तक निकै राम्रो छ । यसमा आर्टिस्टका बारेमा उल्लेख छ । 

लेखक मदन चित्रकारले नेपालमा ललितकला वाङ्मयको अभाव रहेको बताए । उनले थोरै भए पनि नेपाली कला वाङ्मयलाई समृद्ध बनाउने ध्येय राखेर पुस्तक प्रकाशित गरेको सुनाए । उनले पुस्तकमा नेपालमा चलेका कलाका विभिन्न शैली र प्रचलित मान्यतालाई समेट्ने कोशिस गरेको जानकारी दिए । 

अंग्रेजी भाषामा लेखिएको यस पुस्तकले नेपाली कलामा चलेका विविध शैली, आन्दोलन, विचार, परम्परा, कलाकार तथा तिनका कलाकृतिलाई बुझ्न सघाउँछ । पुस्तकमा नयाँ तथा पुराना पुस्ताका कलाकारका कलाकृति तथा तिनका बारेमा चर्चा पनि गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप