बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीमानलाई पाठ पढाउनका लागि पूनम ढिल्लनको विवाहेत्तर सम्बन्ध, यश चोपडासँग जोडिएको थियो नाम

आइतबार, ०५ वैशाख २०७८, १५ : ३२
आइतबार, ०५ वैशाख २०७८

‘काला पत्थर’ र ‘नूरी’ जस्ता थुप्रै उत्कृष्ट फिल्ममा देखिइसकेकी पूनम ढिल्लनले आफ्नो फिल्मी करियरमा ८० भन्दा बढी फिल्ममा काम गरेकी छिन् । नायिकाको जन्म १८ अप्रिल सन् १९६२ मा कानपुरमा भएको थियो । बाल्यकालदेखि नै मानिसहरु उनको सुन्दरताका पारखी थिए जसका कारण उनले स्कूले जीवनमा नै फिल्मको अफर पाउन थालेकी थिइन् । तर नायिका आफ्नो पढाई पूरा गर्न चाहन्थिन् । आज नायिकाको ५९ औं जन्मदिनमा उनीसँग सम्बन्धित केही रोचक जानकारी थाहा पाऔं ।

सन् १९७७ मा जितिन् मिस इन्डियाको उपाधिः

सन् १९७७ मा १६ वर्षको उमेरमा मिस इन्डियाको उपाधि जित्ने पूनम मोडलिङमार्फत् हिन्दी फिल्म क्षेत्रमा आइन् । मिस इन्डियाको उपाधि जितेपछि उनीमाथि यश चोपडाको नजर पर्यो ।

अस्वीकार गरेकी थिइन् यश चोपडाको अफरः

यश चोपडाले उनलाई फिल्म ‘त्रिशुल’ अफर गरे । सुरुमा त नायिकाले पढाई छ भन्दै फिल्ममा अभिनय गर्न अस्वीकार गरिन् तर पछि मानिसहरुले फकाएपछि उनी मानिन् । फिल्म गर्नका लागि पूनमले गर्मीको छुट्टीका बेला मात्रै सुटिङ गर्ने शर्त राखिन्  ता कि उनको पढाईमा कुनै असर नपरोस् ।

सन् १९७८ मा पूनमको फिल्म ‘त्रिशुल’ रिलिज भयो र सफल रह्यो । यसमा उनका को–स्टार सचिन पिलगांवकर थिए । यो फिल्मको गीत ‘गुपुची गुपुची गम गम’ का लागि उनलाई आज पनि याद गरिन्छ । आफ्नो करियरको सुरुवाती दिनमा पूनम यश चोपडाको घरमा नै बस्थिन् ।

पहिलो फिल्ममा लगाएकी थिइन् स्विमसुटः

मोडलिङबाट बलिउडमा आउने पूनमले थुप्रै फिल्ममा अभिनय गरिन् । इन्डष्ट्रिका पहिलो सुपरस्टार मानिने अभिनेता राजेश खन्नासँग उनको जोडी निकै रुचाइयो । पूनम जब १० कक्षामा थिइन् तब उनी फिल्म ‘त्रिशुल’ मार्फत् स्टार बनिसकेकी थिइन् । उनी कतिसम्मको बोल्ड थिइन् भनेर यसको अन्दाज उनले पहिलो फिल्ममा नै स्विमसुट लगाएको बाट लगाउन सकिन्छ । त्यसपछि अमिताभ बच्चनसँग आएको फिल्म ‘गिरफ्तार’ मा पनि उनी स्विमसुटमा देखिएकी थिइन् ।

फिल्म निर्माता अशोक ठकारियासँग गरिन् विवाहः

आफ्नो १० वर्षको सफल फिल्मी करियरपछि पूनमले सन् १९८८ मा फिल्मनिर्माता अशोक ठकारियासँग विवाह गरिन् । अशोक र पूनमका एक छोरा र एक छोरी छन् । यद्यपि, सन् १९९७ मा यी दुईको सम्बन्धविच्छेद भयो । अब पूनम श्रीमानको घर छोडेर बच्चासँग छुट्टै बस्छिन् । पूनमलाई थुप्रै पटक राजनीतिमा आउन पनि मौका दिइयो । केही समयका लागि उनी कांग्रेसतिर पनि लागिन् तर उनलाई राजनीति मन परेन । उनले थुप्रै पटक बिजेपीका लागि पनि प्रचार गरिसकेकी छिन् ।

श्रीमानलाई पाठ पढाउनका लागि विवाहेत्तर सम्बन्धः

सन् १९९४ मा पूनमका श्रीमान् अशोकको विवाहित भएता पनि अन्य महिलासँग अफेयर थियो । यसबारे पूनमलाई थाहा भएपछि उनले श्रीमानलाई पाठ सिकाउनका लागि विवाहेत्तर सम्बन्ध गाँसिन् । त्यसपछि उनका श्रीमानलाई आफ्नो गल्ती महसुस हुन सक्यो र नायिकाले श्रीमानसँग सम्बन्धविच्छेद गरिन् ।

यश चोपडा र राज सिप्पीसँग जोडियो नामः

नायिका आफ्नो करियरको सुरुवातमा यश चोपडाको घरमा बस्थिन् । यी दुई धेरैजसो सँगै देखिने भएकोले मानिसहरुले उनीहरुको सम्बन्ध बुझे । पछि नायिकाले यी सब कुरालाई मात्र अफवाह बताइन् ।

सन् १९८० मा एक फिल्मको सुटिङका बेला पूनमको भेट राज सिप्पीसँग भयो । दुबैले एक अर्कालाई मन पराए तर राज पहिले देखि नै विवाहित थिए । तरपनि पूनम राजसँग विवाह गर्न चाहन्थिन् तर निर्देशक आफ्नो परिवारलाई छोड्न तयार हुन सकेनन् । पछि पूनमले राजलाई किनारा लगाइन् ।

छोटो पर्दामा पनि सफल भइन्ः

फिल्मबाट टाढा भएपछि पनि पूनम सानो पर्दामा लगातार सक्रिय रहिन् । फिल्मबाट ब्रेक लिएर उनले थिएटर पनि गरिन् । पूनम बिग बस सिजन– थ्रीकी प्रतिस्पर्धीसमेत हुन् जहाँ उनी सेकेन्ड रनर अप रहेकी थिइन् । उनी प्रभुदेवाको फिल्म ‘रमैया वस्तावैया’ मा देखिएकी थिइन् । सानो पर्दामा उनीहरुको शो ‘एक नई पहिचान’ पनि निकै लोकप्रिय रहेको छ । साथै, उनी एक सफल महिला उद्यमी पनि हुन् । उनी भ्यानिटी नामको एक सफल मेकअप कम्पनी पनि चलाइरहेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप