एमाले अनुशासन आयोग प्रमुख बोहोराको ओलीलाई पत्र : भोलिको बैठक तत्काल स्थगित गरौँ
काठमाडौं । एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षले सोमबारका लागि बोलाएको आयोजक समितिको बैठक तत्काल स्थगित गर्न माग गरेको छ । खनाल नेपाल पक्षका नेता तथा एमाले केन्द्रीय अनुशासन आयोगका अध्यक्षसमेत रहेका अमृतकुमार बोहोराले आइतबार विशेष ध्यानाकर्षण पत्र जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।
‘अहिले बिग्रिरहेको स्थितिलाई सुधार गर्न विविध उपायहरु खोज्नुपर्नेमा उल्टै २०७८ बैशाख ६ गते आयोजक कमिटीको बैठक भनेर स्थितिलाई थप असहज बनाउने काम गरिँदैछ । यसलाई तत्काल रोक्नुपर्दछ । उत्तेजना, आवेग र अभिमान हावी भएर कुनैपनि निर्णय गर्नुहुँदैन । पार्टीमा संयम, धैर्यता र सुझबुझ राखेर निर्णय गर्नुपर्दछ’, बोहोराले भनेका छन् ।
त्यस्तै बोहोराले सवै पक्षलाई आग्रह गर्दै भनेका छन, –‘मेरो गोरुको बाह्रै टुक्का भन्ने नेपाली उखान जस्तो ढिपी कसैले नगरौँ । पार्टीलाई पुनः एकताबद्ध बनाउन एउटा पक्षमात्र सामेल भएर गरेको २०७७ फागुन २८ गतेको एकतर्फी निर्णयलाई विनाशर्त फिर्ता गरौँ । विधिविपरित कमिटीमा थप गर्ने र हटाउने गरी भएका सवै निर्णय सच्याऊ ।’
यस्तो बोहोराको ध्यानाकर्षण पत्र :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै