बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिदेशीय टी–२० क्रिकेट, म्याक्सको कीर्तिमानी शतकमा नेदरल्यान्डस् विजयी

आइतबार, ०५ वैशाख २०७८, १७ : ०२
आइतबार, ०५ वैशाख २०७८

नेपालमा भइरहेको त्रिदेशीय टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत मलेसियाविरुद्ध नेदरल्यान्डस्ले १५ रनको जीत हासिल गरेको छ । सुरुवाती ब्याटिङ गरेको नेदरल्यान्डस्ले २ विकेटको क्षतिमा १ सय ९१ रन बनाएको थियो ।

नेदरल्यान्डस्बाट म्याक्स ओ दाउदले अविजित १ सय ३३ रन प्रहार गरे । टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा नेदरल्यान्डस्बाट शतक बनाउने दाउद पहिलो खेलाडी हुन् । उनले ७३ बलमा ६ छक्का र १५ चौका प्रहार गरे । त्यस्तै, स्टक इडवार्डस्ले ३१ र वेन कुपरले अविजित २० रन बनाए । पवनदीप सिंह र अन्वर रहमानले मलेसियाबाट एक–एक विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको मलेसियाले २० ओभरको समाप्तिमा ८ विकेट गुमाएर १ सय ७६ रन बनायो । मलेसियाबाट भिरनदीप सिंहले सर्वाधिक ८७ रन बनाए । उनले ५३ बलमा ६ छक्का र ६ चौका प्रहार गरे । त्यस्तै, सरभिन मुनियन्डीले २८ र अमिनुद्दिन राम्लीले २६ रन बनाए । नेदरल्यान्डस्का आर्यन दत्त, बास डि लिडे र सेवास्टियन ब्राटले दुई–दुई तथा फिलिप बोसीभेन र पिटर सिलरले १–१ विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप