राष्ट्रपतिद्वारा चुडाल र सुवेदीलाई न्यायाधीश नियुक्त
सोमबार, ०६ वैशाख २०७८, १२ : २९

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई मुख्य न्यायाधीशलाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गरेकी छिन् । राष्ट्रपतिले नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम न्यायपरिषद्को सिफारिसमा कुमार चुडाल र नहकुल सुवेदीलाई न्यायाधीश नियुक्त गरेकी हुन् ।
न्यायाधीशमा सिफारिस गरिएपछि उनीहरुको नाम संसदीय सुनुवाइबाट यसअघि नै अनुमोदन भइसकेको थियो । झापाका चुडाल यसअघि उच्च अदालत पाटनमा मुख्य न्यायाधीश रहेका थिए भने सुवेदी उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजाबारे ट्रम्पको प्रस्तावमा जुट्ला त सहमति ?
-
संसद भवन परिसरबाट तीन जना पक्राउ
-
केबलकारको पक्षमा बोलेको भन्दै आफ्नै नेतालाई कालोमोसो
-
राजेन्द्र, मुकेश र अनितालाई उपाधि
-
राष्ट्रिय सभाबाट नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक पारित
-
राष्ट्रिय सभाप्रति ज्ञानेन्द्र शाहीले गरेको टिप्पणीप्रति खेद प्रस्ताव पारित