बिहीबारबाट फ्लोरमा ‘आँधी तुफान–२’
काठमाडौँ । फिल्म ‘आँधी तुफान–२’ को सुटिङ आगामी बिहिबार (९ बैशाख) बाट सुरु हुने भएको छ । निर्माता मौनता श्रेष्ठले फिल्मको सुटिङ बिहिबारबाट सुरु हुन लागेको जानकारी दिए । नेपाली फिल्मका सफल लेखक समेत रहेका मौनता श्रेष्ठले दशक अगाडिको हिट फिल्म ‘आँधी तुफान’ को सिक्वेलको रुपमा यो बनाउन लागेका हुन् । फिल्मलाई मदन घिमिरेले निर्देशन गर्दैछन् ।
फिल्ममा कनिज कोइराला मुख्य भिलेको रुपमा देखिँदैछन् । कनिजले साउथ सुपरस्टार प्रभासको फिल्म ‘साहो’ मा अभिनय गरेका छन् । फिल्ममा कनिजका अलवा आरती आचार्य, याङ्सु श्रेष्ठ, मुकुन्द थापा, ध्रुर्व कोईराला, संजय खतिवडा, पुस्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सुवेदी, पुनम गौतम, सान, अधिकारी, सोनी बिसी, जोया बुढाथोकी, रुपा केसी, सरोज दाहाल, बिन्दीया ठकुरी, रमेश तामाङ र बालकलाकार अरुण कालीराजलगायतको अभिनय रहनेछ ।
थ्रीलर र सस्पेन्स बिषयमा बन्न लागेको फिल्ममा रामशरण उप्रेतीको छायाँकन, प्रेम चुल्ठेको एक्सन, सुरेश अधिकारीको संगीत, हरि उप्रेती र दिनेश सुवेदीका गीत, रानी शाक्यको स्वर, कमल राईको नृत्य रहने छ । नारायण चालिसे निर्माण नियन्त्रक रहेको फिल्मको छायाँकन काभ्रे, धुलिखेल र काठमाडाैंमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने
-
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
-
भारतमा ट्याक्सी दुर्घटना हुँदा १० जनाको मृत्यु
-
शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै
-
कांग्रेस नेता खुमबहादुरको योगदान अतुलनीय छ : सभापति देउवा
-
बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज काठमाडौँमा