शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘कबड्डी ४’ बाट हिट होलिन् त मिरुना ?

सोमबार, ०६ वैशाख २०७८, १७ : २७
सोमबार, ०६ वैशाख २०७८

काठमाडौँ । अभिनेत्री मिरुना मगर पछिल्लो समय लगातार फिल्म अभिनय गर्ने अभिनेत्रीमा पर्दछन् । तर पनि उनले हिट फिल्म दिन सकेकी छैनन् । सौगात मल्ल, विपिन कार्की अभिनित ‘लालपुर्जा’ फिल्मबाट अभिनय सुरु गरेकी मिरुनाको यो फिल्मले खासै दर्शक तान्न सकेन । 

त्यसपछि उनले दोस्रो फिल्म ‘रोज’ अभिनय गरिन् । रोज मेरो अभिनयको ट्रनिङ प्वाइट हो सो समय प्रचारको बेला उनले भनेकी थिइन् । तर फिल्मले दर्शक तान्न सकेन । ‘रोज’पछि उनको हातमा ‘साइनो’ र ‘च च हुईं’ पर्यो । दुबै फिल्म हलमा लागेको र उत्रिएको दर्शकले पत्तै पाएनन् । एकपछि अर्काे लगातार फ्लप फिल्म दिएकी मिरुना अहिले दयाहाङको हिट फिल्म ‘कबड्डी’ को चौथो सिक्वेल ‘कबड्डी ४’मा जोडिएकी छन् । तीन सिक्वेल हिट भैसकेको यो फिल्मबाट आफुले सफलता हात पर्ने विश्वास मिरुनाले लिएकी छन् । 

फिल्ममा दयाहाङ राई, सौगात मल्ल, विजय बराल, वुद्धि तामाङ, पुष्कर गुरुङ, जयनन्द लामालगायतको अभिनय रहनेछ । फिल्मको निर्देशक रामबाबु गुरुङ हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप