ई–सेवा मनी ट्रान्सफरसँगको साझेदारीमा मनी ग्रामद्वारा नेपालमा सिमापार रेमिट्यान्स सेवा विस्तार गर्ने

काठमाडौं । ई–सेवा मनी ट्रान्सफरसँगको साझेदारीमा मनी ग्राम इन्टरनेशनले नेपालमा सिमापार रेमिट्यान्स सेवा विस्तार गर्ने घोषणा गरेको छ ।
मनी ग्राम इन्टरनेशनल सीमापार पी२पी रकम भुक्तानी र रकम स्थानान्तरणका लागि रेमिट्यान्स कम्पनी ई–सेवा मनी ट्रान्सफरसँग साझेदारीको घोषणा गरेको हो ।
यस साझेदारी मार्फत विश्वभरि रहेका मनी ग्रामका ग्राहकहरुले सिधै आफ्नो परिवारजनको बैंक खाता वा ई–सेवा वालेटमा रकम पठाउन सक्नेछन् ।
यस साझेदारी पश्चात रकम सबै प्रमुख बैंकहरु सहित ६५ भन्दा धेरै बैंकहरुसँग जोडिएको, खाता निक्षेप सेवाले नेपालमा रहेका प्राय सबै बैंक खातामा रकम जम्मा गर्न सक्छ ।
संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया, अस्ट्रेलिया, युरोपका देशहरु र अन्य गरी धेरै नेपाली आप्रवासीहरु यस मनी ग्राम र ई–सेवाको साझेदारीबाट, संसारभरबाट सजिलै रकम स्थानान्तरण गर्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुपन्देहीको दुर्गौलिया नाकामा कार्यरत सई ३० हजार घुससहित पक्राउ
-
ठाकुरराम क्याम्पसको स्ववियु सभापतिमा शेखर पक्षका यादवको प्यानल विजयी
-
कुलमान बर्खास्तीको विरोधमा टुकी बत्ती बालेर प्रदर्शन (तस्बिरहरू)
-
‘वसन्त’ फिल्मबारे के भन्छन् प्रकाश र स्वस्तिमा ?
-
सबैको सहमतिमा संविधान संशोधन हुन्छ : गृहमन्त्री लेखक
-
कुलमानको पक्षमा इटहरीमा प्रदर्शन