मध्य भोटेकोशीले आइपिओ ल्याउन अनुमति पायो
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले आइपिओ निष्काशन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले १ करोड ५० लाख कित्ता आइपिओ जारी गर्ने अनुमति दिएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता आइपिओ ल्याउन अनुमति पाएको हो । यसमध्ये स्थानीय बासिन्दाको लागि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता (१० प्रतिशत) र सर्वसाधारणले ९० करोड रुपैयाँको ९० लाख कित्ता (१५ प्रतिशत) सेयर पाउनेछन् ।
यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । केयर रेटिङ नेपालले यो आइपिओलाई ‘ग्रेड ४ प्लस’ रेटिङ दिएको छ । यस आधारमध्ये भोटेकोशीले औसतभन्दा कम आधार जनाउने रेटिङ पाएको हो । यता, कम्पनीले केही समयअघि स्थानीय र सर्वसाधारणमा जारी हुने यस सेयरका लागि नागरिक लगानी कोषसँग प्रत्याभूति समेत गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
विद्युत् विधेयक निजी क्षेत्र र लगानीमैत्री बनाउन माग
-
बागमती संसद्को हिउँदे अधिवेशन : खर्च ११ लाख, उपलब्धि शून्य
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना