शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सांग्रीला डेभलपमेन्ट बैंकद्वारा कर्मचारीहरुलाई अभिमुखीकरण तथा बैंकिङ्ग तालिम प्रदान

बुधबार, ०८ वैशाख २०७८, १२ : १९
बुधबार, ०८ वैशाख २०७८

काठमाडौं । सांग्रीला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना कर्मचारीहरुका लागि २ दिने अभिमुखीकरण तथा बैकिङ्ग तालिम प्रदान गरेको छ । 

बैशाख ५ र ६ गते बैंकका विभिन्न विभाग र शाखाका कर्मचारीहरुलाई त्यस्तो तालिम प्रदान गरिएको हो । 

कर्मचारीहरुलाई बैंक सम्बन्धी कामहरु तथा नीति–नियमको बारेमा जानकारी दिने, सिकाउने तथा अभिमुखीकरण गराउने उद्देश्यले तालिम दिइएको बैंकले जनाएको छ । 

२ दिने कार्यक्रमको समापनको  अवसरमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले कर्मचारीहरुलाई हौसला प्रदान गर्नुका साथै यस किसिमको तालिमले कर्मचारीहरुको कार्यकुशलता बढ्ने बताए । उनले यस्ता तालिमबाट आफूले सिकेको कुरा प्रयोगमा ल्याई कर्मचारी स्वयंको तथा बैंकको दिगो विकासमा योगदान पुग्ने बताए ।

कार्यक्रममा सहभागी कर्मचारीहरुले उक्त तालिमबाट काम गर्ने हौसला प्राप्त भएको बताएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप