नवनियुक्त न्यायाधीशहरूले लिए शपथ

सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीशहरु नहकुल सुवेदी र कुमार चुडालले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर ज.ब.रा.ले नवनियुक्त न्यायाधीशहरु सुवेदी र चुडाललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
न्यायाधीशद्वयले नेपाली जनता, संविधान र अन्य कानुनप्रति पूर्ण निष्ठावान रही सर्वोच्च अदालतको न्यायाधीश पदको जिम्मेवारी न्यायपालिकाको स्वच्छता र मर्यादा विपरित नुहुने गरी इमान्दारपूर्वक पालना गर्ने भनी ईश्वरको नाममा शपथ लिएका छन् । न्यायपरिषदद्वारा प्रस्तावित दुवै जनाको नाम संसदीय सुनुवाई समितिले गत शुक्रबार अनुमोदन गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायाधीश पदमा नियुक्त गरेकी थिइन् ।
सर्वोच्च अदालतका न्यायाधीशहरुको शपथ ग्रहण राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशले गराउने चलन रहेको छ । तर यसपटक कोरोना महामारीको जोखिमका कारण राष्ट्रपतिको उपस्थिति बिना प्रधानन्यायाधीश ज.ब.रा.ले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आमसञ्चार प्रतिष्ठान स्थापना गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
-
लुम्बिनीका ट्रक व्यवसायीले भेटे मुख्यमन्त्री, भारतीय ट्रकको निर्वाध प्रवेशमा रोक लगाउन आग्रह
-
‘आउँसँगै झुमी नाचौँ’मा मल्लिकाको हट अवतार
-
‘पशुपति प्रसाद’ को सिक्वेलमा नहुँदा खिन्न वर्षा
-
अम्लेखगञ्ज–रक्सौल रेल्वेको जग्गा संरक्षण गर्न अख्तियारको निर्देशन
-
इन्टरनेट व्यवसायीहरूको नेतृत्वमा नेतृत्वमा दोहोरिए पराजुली