शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बलिउड कलाकार किशोर नान्दलस्करको कोरोना संक्रमणबाट मृत्यु

बुधबार, ०८ वैशाख २०७८, १३ : ४५
बुधबार, ०८ वैशाख २०७८

मुम्बई । बलिउड कलाकार किशोर नान्दलस्करको निधन भएको छ । कोरोनाको संक्रमणबाट उनको मंगलबार निधन भएको हो । किशोरका नाति अनिषले उनको मृत्युको खबर बाहिर ल्याएका हुन् । अनिषले किशोरलाई गत बुधबार कोरोना कारण ठानेको कोभिड सेन्टरमा भर्ना गरिएको र उनको त्यही निधन भएको बताएका छन् ।

अनिषका अनुसार कोभिड सेन्टरमा भर्ना गर्नु अगाडि उनलाई सास फेर्न र कुरा गर्न समेत गाह्रो थियो । उनको अक्सिजन लेभल पनि तल झरेको थियो । किशोरले अभिनय करियरमा कयौं सुपरहिट फिल्ममा काम गरेका छन् । जसमा ‘बास्तव’, ‘सिम्बा’, ‘मिस देश मे गंगा रहता है’, ‘खाकी’, ‘सिंघम’ समेत पर्दछन् । हिन्दी फिल्मको अलवा किशोरले मराठी फिल्म र सिरियलमा पनि काम गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप