शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शान्ति नेपाली समाज बेलायतको नयाँ कार्यसमिति

निवर्तमान अध्यक्षद्वारा भवन निर्माण कोस स्थापित
बुधबार, ०८ वैशाख २०७८, १६ : १५
बुधबार, ०८ वैशाख २०७८

शान्ति नेपाली समाज बेलायतले नया कार्यसमिति   चयन गरेको छ ।   नयाँ कार्यसमितिमा अध्यक्ष भोजराज भण्डारी, उपाध्यक्ष गोकर्ण हुमागाईं, उपाध्यक्ष कमला ढकाल, सचिब महेन्द्र काफ्ले, सह-सचिब पदम शाही, कोषाध्यक्ष दिनेश कंडेल सह- कोषाध्यक्ष रामेश्वर अर्याल र सदस्यहरु :निशान्त बद्रचार्यछुमकला (माया) पाण्डे, राजु खत्री, शशांक शर्मा, राजु (ढलबहादुर) खत्री,  बाबुराम भुसाल , डीयन खरेल, यादव बि क, प्रविन खरेल, बिनोद थापा, तेज भण्डारी, कृष्ण निर्विरोध चयन भएका छन् । 

सन् २०१८ मा लिला थापा अध्यक्षतामा  सुरु भएको कार्यकाल यस वर्ष  २०२१  अप्रिलमा सकिएको छ ।   हालसम्म संस्थामा ९७० सक्रिय सदस्य रहेका छन् ।

संस्थाले नेपालमा पनि विभिन्न सहयोग राहत, विद्यार्थीको पठनपाठन र अन्य सेवामुलक काम गर्दै आइरहेको छ।  यस संस्थाको  बाजा टिम, क्रिकेट टिम, भलिबल टिम र  फुटबल टिम रहेको  जानकारी निवर्तमान अध्यक्ष लिला थापा जानकारी दिए ।    त्यसैगरि यस समाजले नेपाली हरुको बेलायतमा छुट्टै पहिचान बोकेको भवन निर्माणको लागि कोस स्थापना  पनि भएको जानकारी थापाले दिए ।

समाजको स्थापना सन् २०१२ मा भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप