शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा कोरोनाबाट २२ को मृत्यु, ४ करोड ३९ लाख बढी खोप वितरण

बुधबार, ०८ वैशाख २०७८, २१ : ४५
बुधबार, ०८ वैशाख २०७८

लन्डन । बेलायतमा २४ घन्टामा २२ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । पछिल्लो एक सातामा बेलायतमा कोरोनाका कारण १६८ जनाले ज्यान गुमाएका छन् । अघिल्लो साताको तुलनामा यो साता मृतक संख्यामा २८.२ प्रतिशतले कमि आएको स्वास्थ्य विभागको तथ्यांकले देखाएको छ । योसँगै कोरोना संक्रमणका कारण बेलायतमा मृत्यु हुनेको संख्या एक लाख २७ हजार ३२७ पुगेको छ । तर, मृत्यु दर्ता प्रमाणपत्रको आधारमा भने मृतक संख्या एक लाख ५० हजार ८४१ पुगेको छ ।  

यसैगरी बेलायतमा बितेको २४ घन्टामा दुई हजार ३ सय ९६  जना नयाँ संक्रमित थपिएका छन् । यससँगै बेलायतमा संक्रमितको संख्या ४३ लाख ९५ हजार ७०३ पुगेको छ । एक सातामा १७ हजार २३९ जना नयाँ संक्रमित थपिएका छन् । एक साताभित्र  संक्रमित संख्यामा पनि ९.४ प्रतिशतले ह्रास आएको छ ।

बेलायतमा सक्रिय संक्रमितको संख्या एक लाख १ हजार ६४२ छ भने ४१ लाख ६६ हजार ७३४ संक्रमित निको भइसकेको वर्ल्डओमिटरको तथ्यांकमा उल्लेख छ ।

अस्पतालमा उपचार गराइरहेका र नयाँ भर्ना हुनेको संख्यामा पनि कमि आएको छ । बुधबार    सार्वजनिक तथ्याँक अनुसार हाल भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या ३०० मा झरेको छ ।

त्यस्तै, पछिल्लो तथ्यांक अनुसार १९२ संक्रमित अस्पताल भर्ना भएका छन् । हाल अस्पतालमा उपचार गराइरहेका कोरोना बिरामीको संख्या दुई हजार ४  रहेको छ ।

४ करोड ३९ लाख बढी खोप वितरण

बेलायतमा हालसम्म खोपको पहिलो र दोस्रो गरि चार करोड ३९ लाख १५ हजार ५५९ डोज खोप वितरण भएको छ ।

तीन करोड ३१ लाख ३९ हजार ७४२ जनाले खोपको पहिलो र एक करोड ७ लाख ७५ हजार ८१७ जनाले खोपको दोस्रो डोज लिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप