शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महाराष्ट्रमा लकडाउन घोषणा

बुधबार, ०८ वैशाख २०७८, २३ : ४०
बुधबार, ०८ वैशाख २०७८

एजेन्सी । भारतको महाराष्ट्रमा लकडाउन घोषणा गरिएको छ । महाराष्ट्र सरकारले कोरोनाको बढ्दो जोखिमलाई मध्यनजर  गर्दै पूर्ण रुपमा लकडाउनको घोषणा गरेको हो । महाराष्ट्रमा पछिल्लो २४ घण्टामा ६७ हजार ४६८ जना नयाँ संक्रमित देखिएका छन् भने ५६८ जनाको मृत्यु भएको छ ।

सो राज्यमा अहिले सक्रिय संक्रमितहरुको संख्या ६ लाख ९५ हजार ७४७ रहेको छ । महाराष्ट्र सरकारले अप्रिल १३ मा आंशिक लकडाउन गरेपनि बुधबारदेखि मे १ सम्म पूर्ण रुपमा लकडाउन घोषणा गरेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप