मेरियट बैठकको ब्रिफिङ : एक अर्काप्रति शंका कायमै

एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच लामो समयपछि बुधबार एकल वार्ता भएको छ । लामो समयदेखिको संवादहीनता तोड्दै बुधबार साँझ दुवै नेताबीच ६ बजेदेखि ७ः४५ सम्म एकल भेटघाट भएको हो ।
एक घण्टा ४५ मिनेट वार्ता गरेपछि होटल मेरियटबाट बाहिरिएका ओली र नेपाल प्रफुल्ल मुद्रामा देखिएका थिए । वार्तामा के के विषयमा कुरा भयो भन्नेबारे दुवै पक्षले बाहिर ल्याएका छैनन् । वार्तामा ओलीले नेपाललाई नि:सर्त पार्टीभित्र आउन र काम गर्न आग्रह गरेको तर नेपालले फागुन २८ को निर्णय खारेज गर्दै पार्टीलाई २०७५ जेठ २ को अवस्थाबाट अघि बढाउँदा कसैलाई पनि आपीत्त नहुने बताएको स्रोतको दाबी छ ।
स्रोतका अनुसार दुवै नेता एक अर्काप्रति आस्वस्त भएर बाहिर आएका छैनन् । उनीहरुमा शंका कायमै छ । बुधबारको भेटघाटले शंका निवारण गर्नेभन्दा पनि संवाद शुरु भएको तहमा मात्र लिनुपर्ने ब्रिफिङ दुवै नेताले आफू निकटलाई गरेका थिए ।
लामो समयदेखि ओलीसँग टाढा रहेका नेपाललाई ओलीले नै फोन गरेर भेटौँ भनेका थिए । नेपालले बालुवाटार नआउने बताएपछि होटलमा भेटघाटको व्यवस्था गरिएको थियो ।
आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : तीन ठूला नेताको सहमति भएकै दिन विद्युत प्राधिकरणबाट कुलमान आउटदेखि मैनबत्ती बालेर रविद्वारा सांकेतिक विरोधसम्म
-
रोमाञ्चक खेलमा दिल्लीले १ विकेटले हरायो लखनउलाई
-
बत्ती निभाएर मैनबत्ती बाल्दै रविको साङ्केतिक विरोध
-
हुन्डाई क्रेटा ईभी र मेड इन नेपाल क्रेटा आइस सार्वजनिक, तस्बिरहरू
-
सरकार भर्सेस कुलमान : आठ महिना टकराब, ६ वटा स्पष्टीकरणपछि ‘आउट’
-
कुलमान हटाउने निर्णयको सत्तापक्षबाटै विरोध, माओवादी आक्रोशित