बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

युके एशियन फिल्म फेस्टिभलमा ‘राहगीर द वेफर्स’ ओपनिङ फिल्मका रुपमा देखाइने

बिहीबार, ०९ वैशाख २०७८, ०८ : ३२
बिहीबार, ०९ वैशाख २०७८

२६ मेईदेखि सुरु हुने युके एशियन फिल्म फेस्टिभलमा आदिल हुसैन स्टारर ‘राहगीर द वेफर्स’ ओपनिङ फिल्मका रुपमा देखाइने भएको छ । अभिनेता आदिलले आफ्नो इन्स्टाग्राममार्फत यसको जानकारी दिएका हुन् ।

निर्देशक गौतम घोष र अभिनेत्री तिलोत्तमा शोमलाई ट्याग गर्दै उनले लेखेका छन्,‘यो घोषणा गर्न पाउँदा निकै खुसी लागेको छ कि हाम्रो फिल्मले २६ मेइमा हुने २३ औं  युके एशियाली फिल्म महोत्सवको उद्घाटन गर्नेछ ।

इन्काउन्टरपछि आर्थिक मौका खोजिरहेका दुई व्यक्तिका विषयमा फिल्मको कथा केन्द्रीत छ । आदिलले ‘मुक्ती भवन’, ‘लाइफ अफ पाई’, ‘द रिलेटेन्ट फन्डामेटलिस्ट’, ‘इंलिस विंग्लिस’लगायत फिल्ममा आफ्नो उत्कृष्ट अभिनय देखाइसकेका छन् । भर्खरैमात्र उनी ओटीटीमार्फत रिलिज भएको फिल्म ‘द इलिगल’ मा देखिएका थिए । तिलोत्तममाले ‘मनसुन वेडिंग्स्’, ‘किस्सा’, ए डेथ इन द गुन्ज, हिन्दी मिडियमलगायत फिल्ममा आफ्नो दमदार भूमिकाहरुमार्फत पहिचान बनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप