शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भाकपा (मार्क्सवादी) का नेता सीताराम येचुरीलाई पुत्र शोक, कोरोनाका कारण छोराको मृत्यु

बिहीबार, ०९ वैशाख २०७८, १० : ३६
बिहीबार, ०९ वैशाख २०७८

नयाँ दिल्ली । भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का नेता सीताराम येचुरीलाई पुत्र शोक परेको छ ।

कोरोना संक्रमणका कारण उनको ३५ वर्षीय छोरा आशिष येचुरीको बिहीबार बिहान निधन भएको हो ।

सीताराम येचुरीले ट्वीटरमार्फत उक्त दुःखद् समाचारबारे जानकारी गराएका हुन् ।

उनले ट्वीट गर्दै भनेका छन्, ‘निकै दुःखका साथ भन्नु परिरहेको छ कि मैले आफ्नो जेठो छोरा आशिष येचुरीलाई कोभिड–१९ का कारण आज बिहान गुमाएको छु, हामीलाई विश्वास जगाउने, उसको उपचारमा खटिएका चिकित्सक, नर्स, फ्रन्टलाइन स्वास्थ्यकर्मी, सफाइकर्मीका साथै हामीसँग खडा भएका ती अनगिन्ती सबैप्रति धन्यवाद दिन चाहन्छु ।’

 

येचुरी परिवार निकट स्रोतका अनुसार आशिषको उपचार गुरुग्रामस्थित मेदान्ता अस्पतालमा चलिरहेको थियो । कोरोनासँग दुई हप्ता लामो संघर्षका क्रममा बिहीबार बिहान ५ बजे उनको निधन भएको हो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सीताराम येचुरीको परिवारप्रति शोक व्यक्त गरेका छन् । ‘सीताराम येचुरीजी र उहाँको परिवारलाई छोरा आशिषको दुखद् र असामयिक निधनप्रति समवेदना व्यक्त गर्दछु । ओम शान्ति ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप