बैंक तथा वित्तीय संस्थासम्बन्धी कुनै गुनासो छ ? घरमै बसेर यसरी गर्न सकिन्छ उजुरी
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको गुनासो सुनुवाइको लागि छुट्टै वेबसाइट ल्याएको छ । ग्राहकसँग निष्पक्ष, विश्वसनीय, र पारदर्शी ढंगबाट बैंकिङ क्षेत्रको व्यवसायिक मूल्य र मान्यता कायम गर्न वित्तीय मध्यस्थता कायम गर्न छुट्टै वेबसाइट ल्याएको छ । केन्द्रीय बैंकले http://gunaso.nrb.org.np पोर्टल सञ्चालनमा ल्याएको हो ।
वित्तीय ग्राहकलाई वित्तीय सेवा प्रदायकबाट हुने असहयोग, ढिलासुस्ती, बेवास्ता, पक्षपात, गैर जिम्मेवारी, लापरवाही, झुठो, गलत सूचना सम्प्रेषण, अपारदर्शी कारोवार जस्ता नकारात्मक व्यवहारलाई न्युनिकरण गर्ने राष्ट्र बैंकले जनाएको छ ।
गुनासो दर्ता कसरी गर्ने
http://gunaso.nrb.org.np साइटमा गएर गुनासो दर्ता गर्ने र गुनासो दर्ता भएको जानकारी र दर्ता नं. इमेल मार्फत प्राप्त हुनेछ । गुनासो दर्ता नम्बरद्वारा पेश गरिएको गुनासोको स्थिति थाहा पाउन सकिनेछ । तर्ता भएको गुनासोको अन्तिम निर्णय इमेल मार्फत जानकारी गराइने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाममा डकेन्द्रलाई हाम्रो नेपाली पार्टी र लौरो अभियानको साथ
-
बाजागाजासहित सर्वसाधारणले गरे कतारी राजाको स्वागत (तस्बिरहरू)
-
इजरायल–गाजा युद्धबारे अमेरिकी कलेज र विश्वविद्यालयमा तीव्र बन्यो प्रदर्शन
-
राष्ट्रपति पौडेल र कतारका अमिरबिच शीतलनीवासमा भेटवार्ता
-
अस्पतालबाट २०० भन्दा बढी शव फेला
-
सहिद सेतु विश्वकर्माका पति अटो चलाएर गुजारा गर्दै