शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कालिञ्चोकमा वर्षासँगै बर्सियो हिउँ (फोटोफिचर)

बिहीबार, ०९ वैशाख २०७८, ११ : ११
बिहीबार, ०९ वैशाख २०७८

देशका अधिकांश क्षेत्रमा वर्षासँगै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ ।

वर्षासँगै आज बिहान ८:३० बाट दोलखाको कालिन्चोकमा हिउँ परिररहेको छ ।

दोलखाको कालिञ्चोक, शैलुङ, गौरीशङ्कर, खरिढुङ्गा, च्योर्दुङलगायत उच्च क्षेत्रमा हिउँ परेको छ । ती ठाउँहरुमा हिउँ खेल्नकै लागि वर्षैपिच्छे काठमाडौं तथा अन्य ठाउँबाट दोलखामा आन्तरिक पर्यटकहरुको भीड लाग्ने गर्छ।

यता, उच्च हिमाली जिल्ला हुम्लामा  पनि भारी हिमपात भएको छ । 

सामान्यतः पुस, माघ र फागुन तीन महिना मात्रै हिमपात हुने गरेपनि वैशाख महिनामा हिमपात भएपछि स्थानीय अचम्मित भएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप