बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेगेटिभ देखिए पनि आफूलाई आइसोलेट गरेकी छु : केकी अधिकारी

बिहीबार, ०९ वैशाख २०७८, ११ : १२
बिहीबार, ०९ वैशाख २०७८

काठमाडौँ । नायिका केकी अधिकारीले कोरोनाभाइरसको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपनि आफूलाई आइसोलेट गरेर राखेको जानकारी दिएकी छिन् । पहिलो पटक पोजेटिभ देखिए पनि दोस्रो पटक परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको उनको भनाइ छ ।

उनले लेखेकी छन्, ‘केही दिन अघिको हावापानी वर्षापछि मलाई रुघाले समात्यो अनि २ रात लगातार ज्वरो पनि देखिएपछि मैले स्वाब परीक्षण गराए जसमा मलाई कोरोना पोजिटिभ देखियो। चिकित्सकको सल्लाहअनुसार आफूलाई अलग्गै राखेँ र तीन दिन पछि पुनः परीक्षण गराउँदा नतिजा नेगेटिभ देखियो।  नेगेटिभ नै देखिए पनि मैले हाललाई आफूलाई आइसोलेट गरेकी छु।’

‘यही अन्योलता बिच मैले सबैको फोन उठाउन र मेसेज को प्रतिउत्तर दिन पनि केही दिन असमर्थ भएकोमा बुझिदिनुहुने बिश्वास पनि लिएकी छु र हार्दिक धन्यवाद पनि दिन चाहन्छु। हामी सबैले अझै उच्च सतर्कता अपनाउन आवश्यक छ। यहाँहरु सबैको सुस्वास्थ्यको कामना गर्दछु। आफ्नो पनि ख्याल राख्नुहोस् र अरुलाई पनि जोगाउनुहोस्।,’ उनको भनाइ छ ।

केही दिन अघिको हावापानीबर्षा पछि मलाई रुघाले समात्यो अनि २ रात लगातार ज्वरो पनि देखिएपछि मैले स्वाब परिक्षण गराए जसमा...

Posted by Keki Adhikari on Wednesday, April 21, 2021

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप