सरकारी जग्गा व्यक्तिको नाममा गराउने फरार अभियुक्त पक्राउ
बिहीबार, ०९ वैशाख २०७८, १२ : ०२
काठमाडौं । सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराएको कसुर ठहर भएका फरार अभियुक्तलाई बर्दिया प्रहरीले पक्राउ गरेको छ । बर्दियाको बढैयाताल गाउँपालिका–३ सिमरा घर भएका कोपीराज सापकोटालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका इन्सपेक्टर सुशील थापामगरले जानकारी दिए ।
विशेष अदालत काठमाडौंले ०७४ साल माघ २ मा गते सरकारी जग्गा व्यक्तिको नाममा बनाई भ्रष्टाचार गरेको मुद्दामा उनलाई ३ महिना कैद हुने फैसला गरेको थियो । प्रहरीले पक्रेर उनलाई बर्दिया जिल्ला अदालतमा उपस्थित गराएको थियो । अदालतको आदेशले कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक वृद्धिको गति बढाउने गरी योजना बनाउन आवश्यक: मन्त्री अर्याल
-
‘बोक्सीको घर’ बारे प्रिमियरमा कसले के भने ?
-
रुसी सेनामा गएका नेपालीको अवस्थाबारे परराष्ट्रले जवाफ दिनुपर्छ : नेता पौडेल
-
क्लब छाड्ने निर्णयमा ज्याभीको यू–टर्न
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीसहितको मुद्दामा आज सुनुवाइ
-
गाजाका जनतालाई दिएको समर्थनबारे मलाला यूसुफजाइको स्पष्टीकरण