शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिभिल बैंकको नाफा बढ्यो, कर्जा तथा ऋण लगानीमा पनि उल्लेख्य वृद्धि

बिहीबार, ०९ वैशाख २०७८, २२ : १०
बिहीबार, ०९ वैशाख २०७८

काठमाडौं । सिभिल बैंकले आर्थिक वर्ष २०७७/७८ मा कर्जा तथा ऋण लगानीमा उल्लेख्य वृद्धि गरेको छ । गत आर्थिक वर्षको चैत्र मसान्तको तुलनामा सिभिल बैंकको निक्षेप ६१.९६५ ले बढेको छ भने कर्जा प्रवाह ५४.६७%ले बढेको छ । 

बैंकले समीक्षा अवधि सम्ममा ८७.८९ अर्ब निक्षेप संकलन गरी ८१.४४ अर्ब कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले ५४.२६ अर्ब निक्षेप संकलन गरी ५२.६५ अर्ब कर्जा प्रवाह गरेको थियो । 

सिभिल बैंकले यस आर्थिक वर्षमा निक्षेप तर्फ २७.७६ अर्व वृद्धि गरेको छ जुन असार मसान्तको निक्षेपको तुलनामा ४६ प्रतिशत को वृद्धि हो । बैंकको निक्षेपको वृद्धि अन्य वाणिज्य बैंकहरुको तुलनामा वृद्धि रकममा सातौं तथा प्रतिशत वृद्धिमा पहिलो स्थानमा रहेको छ । 

त्यसैगरी बैंकले कर्जा तर्फ यस आर्थिक वर्षमा २७.६२ अर्व वृद्धि गरेको छ जुन असार मसान्तको कर्जाको तुलनामा ५१ प्रतिशतको वृद्धि हो । बैंकको कर्जाको वृद्धि अन्य वाणिज्य बैंकहरुको वृद्धिको तुलनामा वृद्धि रकममा दशौं तथा वृद्धि प्रतिशतमा पहिलो स्थानमा रहेको छ ।

तेस्रो त्रैमासको अन्तसम्ममा बैंकको ग्राहक संख्या ५ लाख ४१ हजार ९ सय ८२ पुगेको छ । जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा २४.७६ प्रतिशतले वृद्धि हो । गतवर्ष यही अवधिसम्म बैंकको ग्राहक संख्या ४ लाख ४२ हजार ४ सय ४२ थियो । 

सिभिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म खराब कर्जा अनुपातमा व्यापक सुधार गरेको छ । बैंकको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार समीक्षा अवधिमा बैंकले खराब कर्जा अनुपात ६१.८१ प्रतिशतले घटाउन सफल भएको छ । गत वर्षको यही अवधिसम्म २.९६ प्रतिशत रहेको खराब कर्जा अनुपात समीक्षा अवधिमा घटेर १.१३ प्रतिशतमा झरेको हो ।

बैंकले समीक्षा अवधिमा ५० करोड २५ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ जुन गतवर्षको सोही अवधिको तुलनामा ३९.३९ प्रतिशतले बढी हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप