शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अछाममा उद्यमशिलता विकास सम्बन्धी पाँच दिने तालिम शुरु

बिहीबार, ०९ वैशाख २०७८, १२ : ४०
बिहीबार, ०९ वैशाख २०७८

अछाम । अछाममा उद्यमशीलता विकाससम्बन्धी पाँच दिने तालिम शुरु भएको छ । युवाहरूलाई स्वरोजगार बनाउने उद्देश्यले ५ दिने तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ । 

युएसएडको सहयोग, कर्णाली बेसीन कन्जर्भेशन फाउन्डेसन र अछाम जेसिसको आयोजना तथा बिआईसी नेपालको समन्वयमा सञ्चालन भइरहेको तालिममा २२ जना उद्यमी व्यवसायीको सहभागिता रहेको छ । 

अछाम जेसिजका अध्यक्ष अम्मरनाथ न्यौपानेले कार्यक्रमले उद्यमशिलता विकासमा जोड दिएको बताए । 

मङ्गलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराले हरेक व्यक्तिले केही न केही उद्यम गरेर आय आर्जन गर्नुपर्नेमा जोड दिए । 

बिजनेस इन्क्युवेशन एन्ड एक्सीलेरेशन प्रोग्राम अन्तर्गत शुरु गरिएको तालिममा पञ्चदेवल विनायक नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत पदम बहादुर माझीले युवाहरूलाई आफ्नो रुचि र चाहना अनुसार उद्यममा अग्रसर हुन आग्रह गरे । 

कार्यक्रममा आयोजक कर्णाली बेसिन कन्जर्भेशन फाउन्डेसनका अध्यक्ष गौरव देवकोटा, अछाम अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रभुनाथ खनाल लगायतको उपस्थिती रहेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप