शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘प्लस सैलुन एण्ड मेकअप एकेडेमी’ सञ्चालनमा

बिहीबार, ०९ वैशाख २०७८, १३ : ४३
बिहीबार, ०९ वैशाख २०७८

विगत १३ वर्षदेखि ब्युटी पार्लर क्षेत्रमा कार्य गर्दै आएकी रिता सिलवालले आफ्नै स्वामित्वमा ‘प्लस सैलुन एण्ड मेकअप एकेडेमी’ सञ्चालनमा ल्याएकी छन् ।

कमलादीस्थित काठमाडौं प्लाजासँगै सिटी मलको छेउमा रहेको भवनको पहिलो तल्लामा एकेडेमी सञ्चालनमा ल्याइएको हो ।   

एकेडेमीको उद्घाटन सांसद तथा सञ्चारकर्मी कोमल वलीले गरेकी छन् ।

उद्घाटन कार्यक्रममा सांसद वलीले भनिन्, ‘महिलालाई उद्यमी बनाउन अभिप्रेरित गर्ने हेतुले म स्वयं यहाँ उपस्थित भएँ । यस्तो खालको व्यवसायले रोजगारी समेत प्रदान गरेर राज्यलाई ठूलो सहयोग गर्नेछ ।’

सरकारले महिला उद्यमीलाई विशेष प्राथमिकतामा राखेको सांसद वलीले बताइन् ।

कार्यक्रममा बोल्दै एकेडेमीकी सञ्चालिका  सिलवालले पारिवारिक वातावरणमा सेवा प्रवाह गर्ने बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप