शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सलमान खानको ‘राधे’ ले सार्वजनिक गर्‍यो आकर्षक ट्रेलर

बिहीबार, ०९ वैशाख २०७८, १४ : ०८
बिहीबार, ०९ वैशाख २०७८

मुम्बई । बलिउड स्टार सलमान खान अभिनित प्रतीक्षित फिल्म ‘राधे : योर मोस्ट वान्टेड भाई’ का ट्रेलर रिलिज गरिएको छ । ट्रेलरमा एक्सन, आकर्षक डाइलग र संगीत मिश्रण गरिएको छ । ट्रेलरमा अपराध दुनियाँको एक झलक  समेत समेटिएको छ । जसको विरुद्धमा राधे देखिएको झलक राखिएको छ ।

प्रभुदेवा निर्देशित फिल्ममा रणदीप हुन्डा मुख्य भिलेनको भूमिकामा देखिएका छन् । फिल्ममा उनको एक विलक्षण भिलेन भूमिका रहेको छ । एक्सनका विभिन्न सिक्वेल समेत राधेको ट्रेलरको प्रमुख पाटो रहेको छ । ट्रेलरबाट फिल्मले सबैको मनोरञ्जन गराउने अनुमान लगाउन सकिन्छ ।

फिल्ममा सलमानसँग अभिनेत्री दिशा पटानीको केमेस्ट्री  छ । ज्याकी श्रापलाई पनि फिल्ममा देख्न सकिन्छ । जो भारत पछि सलमानसँग यसै फिल्ममा देखिनेछन् । अहिले कोरोना महामारी छ । त्यही कारण पनि फिल्म जी स्टुडियोका साथ मल्टी प्लेटफर्ममा हाइब्रिड रिलिजका लागि तयार छ । यसबाट ४० बढी देशमा नाटकीय रिलिज र ‘पे पर ब्यु’ प्रसारण प्लेटफर्म जी प्लेक्समा एकसाथ रिलिजको सम्भावना छ ।

सलमान खान, सोहेल खान र रील लाइफ प्राइवेट लिमिटेडको निर्माण रहेको फिल्म यसै बर्षको इद अर्थात १३ मेमा रिलिज हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप