हिमालको लस्कर मार्गमा अनावश्यक भीडभाड नगर्न पर्यटन विभागको निर्देशन
काठमाडौं । पर्यटन विभागले हिमाल आरोहणमा जाने पर्वातारोहीहरुलाई हिमालको लस्कर मार्गमा अनावश्यक भीडभाड नगर्न आग्रह गरेको छ । कोभिड–१९ को बढ्दो संक्रमण र जोखिमलाई ध्यानमा राख्दै विभागले पर्वतारोहणमा जाने आरोहीहरूलाई अनुमति प्राप्त हिमालको लस्कर मार्गमा यात्रारत रहँदा, आधार शिविरमा बस्दा साथै सो भन्दा माथिल्लो लस्कर मार्गमा यात्रामा रहँदा समेत आफ्नो समूहमा मात्र हिड्न आग्रह गरेको हो ।
बुधबार सन् २०२१ को वसन्त ऋतुको आरोहण व्यवस्थापन सम्बन्धी सूचना जारी गर्दैै विभागले एक पटकमा अधिकतम १९ जनाले मात्र आरोहण गर्न र असहज अवस्थामा सम्बन्धित एजेन्सीहरूले आपसी सहमति र समन्वयमा १५० देखि १७० जनासम्मको आरोहण अनुमति परिवर्तन गर्न सक्ने समेत जनाएको छ ।
तर, यस्तो योजना परिवर्तन गर्दा स्थानीय आरोहण व्यवस्थापन गर्ने ह्याण्डलिङ एजेन्सीले व्यवस्थापन गर्ने आरोही दलको सुरक्षित आरोहणको प्रवन्ध गर्नुपर्ने विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाललाई हिन्दु राष्ट्र बनाउन भारतले षड्यन्त्र गरेको छैन : अध्यक्ष माधव
-
पत्रकार महिलाको अवसर र चुनौतीको विषयमा छलफल
-
एनआरएनएको निर्वाचनमा अनलाइन भोटिङको युजर नेम र पासवर्ड दुरुपयोग : प्रतिवेदन
-
टी–२० क्रिकेट : तस्बिरमा हेर्नुहोस् आयरल्याण्ड र नेपालबिचको खेल
-
पार्टी एमालेलाई बुझाएर प्रचण्ड राष्ट्रपति बन्छन् : रामकुमार शर्मा, पूर्वमाओवादी नेता
-
दोस्रो सातामा ‘महाजात्रा’